प्रिन्सिपलसँगको अवैध सम्बन्धबाट बच्चा जन्मिएपछि… - KTV Khabar

Breaking

प्रिन्सिपलसँगको अवैध सम्बन्धबाट बच्चा जन्मिएपछि…

;

काठमाडौं, ५ भदौ । जन्मेको बच्चा मारेको आशंकामा एक किशोर र एक किशोरीलाई प्रहरीले शुक्रबार पक्राउ गरेको छ। दक्षिणी हतुवागढी गाउँपालिका २, घोडेटारका २८ वर्षीय एक स्थानीय निजी स्कुलका प्रिन्सिपल कृष्ण राई र घोडेटारकै २६ वर्षीया सोही स्कुलकी शिक्षिका रमिता राईलाई भर्खरै जन्मेको नवजात बच्चा मारेको आरोपमा घरैबाटै पक्राउ गरेको हो।

शुक्रबार रमिताले बच्चा जन्माएकी थिइन्। स्थानीयले बच्चाको विषयमा सोधखोज गर्दा उनले बच्चा कृष्णको भएको बताएपछि गाउँलेले प्रहरीमा खबर गरेका हुन्। स्थानीयले खबर गरेलगत्तै पुगेको प्रहरीले बच्चाको शवसहित दुवैलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय भोजपुरमा बुझाएको हो।

स्थानीय बोर्डिङ स्कुलमा अध्यापन गराइरहेका दुवै शिक्षक अविवाहित हुन्। अवैध सम्बन्धबाट बच्चा जन्मिएको स्थानीयको आरोप छ। आरोपित जोडीले बच्चा आफूहरुले नमारेको र बच्चा स्वयम् नै मृत अवस्थामा जन्मेको दाबी गरेका छन्। प्रहरीसँगको बयानमा बिहान ट्वाइलेट जाँदा पेट दुखेको र बच्चा त्यतिखेरै मरेकै अवस्थामा जन्मिएको रमिताले बताएकी छिन्।

स्थानीय घोडेटार बजारमा सञ्चालनमा रहेको श्री हतुवा इङ्लिस मिडियम बोर्डिङ स्कुलका प्रिन्सिपल समेत रहेका कृष्ण राई र सोही स्कुलमा अध्यापन गराइरहेकी स्टाफ रमितासँग प्रहरीले घटनाको विषयमा बयान लिइरहेको छ।

प्रहरीले बच्चाको हत्या भएको हो वा होइन भन्ने यकिन गर्न बच्चाको शवलाई पोष्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान पठाएको छ। पोष्टमार्टम रिपोर्ट आएपछि मात्र ती दुवैलाई आवश्यक कारवाही थालिने जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ। – अन्नपूर्ण पोष्टबाट

No comments:

Post a Comment