भाद्र १ गतेबाट बन्द वा चक्काजाम गर्नेलाई तीन वर्षको जेल - KTV Khabar

Breaking

भाद्र १ गतेबाट बन्द वा चक्काजाम गर्नेलाई तीन वर्षको जेल

;

काठमाडौँ ।

भदो १ गतेबाट चक्काजाम वा बन्द गर्नेलाई तीन वर्षसम्म कैद हुने व्यवस्था गरिएको छ । बुधबारको संसद बैठकले बन्द र चक्काजामलाई कानुनी रुपमै कसुरजन्य अपराध मानेर तीन वर्षसम्म कैद सजाय हुनसक्ने प्रावधानसहितको मुलुकी अपराध संहिता विधेयक २०७४ सर्वसम्मतिले पारित गरेको छ।विधेयकको दफा ६७ मा सार्वजनिक स्थानमा आवागमनमा बाधा गर्न नहुने शीर्षकमा यस्तो व्यवस्था गरिएको छ।

उपदफा (१) मा कसैले सार्वजनिक सडक, बाटो घाटो, रज्जुमार्ग, केवुलकार मार्ग, विमानस्थल, रेल्वे वा जलपरिवहन मार्ग वा हूलाक र कुनै सार्वजनिक सेवाको सञ्चालनमा कुनै किसिमको डर, त्रास, भय देखाई बन्द गर्न वा कुनै किसिमबाट सार्वजनिक सडक, बाटो घाटो, रज्जुमार्ग, केवुलकार मार्ग, विमानस्थल, रेल्वे वा जलपरिवहन मार्ग अवरुद्ध गरी पैदल यात्री, सवारी साधन वा पशुको आवागमनलाई बाधा पुर्‍याउन वा कानून बमोजिम अधिकार प्राप्त अधिकारीको आदेशले बाहेक सार्वजनिक ठाउँमा कसैलाई प्रवेश गर्न कुनै किसिमले बाधा, अवरोध गर्न हुँदैन भनिएको छ।

No comments:

Post a Comment