रुपन्देही, साउन २० – रुपन्देहीको मणिग्रामका व्यवसायीलाई लक्षित गरेर गोली प्रहार भएको घटनाको जिम्मा मनोज पुनले लिएका छन् ।
मणिग्राम बजारमा रहेको सिरिसा मार्बलका सञ्चालक दुर्गालाल भण्डारीलाई लक्षित गरी गोली प्रहार भएको घटनाको जिम्मा प्रहरीको मोस्ट वान्टेड सूचिमा रहेका मनोज पुनले लिएका हुन् ।
भण्डारीलाई लक्षित गरी गोली प्रहार भए पनि उहाँलाई गोली लागेको छैन । उहाँ सकुशल हुनुहुन्छ । पौने १२ बजेतिर नम्बर नखुलेको मोटरसाइकलमा आएका २ जनाको समूहले २ वटा गोली हानी भागेको प्रहरी नायव उपरीक्षक बेलबहादुर पाण्डेले बताउनुभयो ।
प्रहरीको मोष्ट वान्टेडको सूचिमा रहेका पुन केही महिना अघि रुपन्देहीकै देबदहमा भएको दुर्गा तिवारी हत्याकाण्डका मुख्य योजनाकार मानिन्छन् । मनोज पुनले दुर्गालालका छोरा दीपकलाई फोन गरी घटना आफूले गराएको दाबी गरेको बताइएको छ ।
उनले व्यवसायी भण्डारीसँग ३० लाख रुपैयाँ मागेको तर नदिएकाले गोली चलाउन लगाएको बताए । प्रहरीले घटनाको अनुसन्धान भइरहेको र त्यसमा संलग्नको खोज भइरहेको जनाएको छ ।
उज्यालो अनलाइन

No comments:
Post a Comment