;
नेपाली रजतपटमा अभिनेत्री रेखा थापाले करिब डेढ दशक छिचोलिसकिन् । यसबीचमा थुप्रै नायिका आए÷गए तर उनी भने अभिनय तथा फिल्म निर्माणमा निरन्तर लागिरहेकी छन् । ‘मैले यसपटक कन्टेन्टमा ज्यादा बल दिएकी छु । यो फिल्मबाट आफूलाई नयाँ रूपमा प्रस्तुत गर्दैछु,’ उनी भन्छिन्, ‘त्यसकारण मैले आउँदा प्रोजेक्टलाई थाती राख्दै नयाँ निर्देशकसँग काम गरिरहेकी छु ।’
उनले बद्लिँदो दर्शकको मनोविज्ञान र बजारलाई मध्यनजर गर्दै यस्तो गरेकी हुन् । ‘समयसँगै परिस्कृत र बद्लाव ल्याउन सकिएन भने समयले हामीलाई बदलिदिन्छ । त्यसैले मैले दर्शकसँग अझ थप समय साथ रहन रुद्रप्रिया निर्माण गरेकी हुँ,’ उनले थपिन् । सुदीप बबी भूपाल सिंह निर्देशित फिल्म २ कार्तिकमा रिलिज हुँदैछ । लामो समयपछि उनी आर्यनको जोडी भएर पर्दामा देखिँदैछिन् ।
अन्नपूर्ण पोस्टबाट

No comments:
Post a Comment