;
रुपन्देहीकाे ३० लाख चन्दा नपाएपछि आज दिउसाे रुपन्देहीकाे मणिग्राममा चलाएकाे गाेलीकाे जिम्मा मनाेज पुनले लिएका छन् । उनी मलेशियामा छन् ।
उनी बुटबल र आसपासका क्षेत्रमा अपराधिक गतिविधिमा संलग्न हुँदै आएका छन्। पुनले व्यापारी दुर्गा भण्डारीका छोरा दिपकलाई फोन गरेर आफ्नो समुहले गोली चलाएको बताएका हुन्।
३० लाख चन्दा मागेको तर नदिएका कारण गोली चलाएको फोनमा पुनले बताएको दिपकले जानकारी दिए। पुनले थप आक्रमण गर्ने चेतावनी समेत दिएका छन्।पुनले बुटवलका डिएसपिलाई पनि फाेन गरेर गाेली चलाएकाे जिम्मा लिएका छन् ।
पुनकै योजनामा यसअघि युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको गोली हानी हत्या भएको थियो। पुन प्रहरीको व्यापक खोजीको सूचीमा छन्। उनका अपराधिक गतिविधिले प्रहरी प्रशासन र स्थानीयहरुलाई त्रसित बनाएको छ।

No comments:
Post a Comment