मध्यराति सुरु भयो भरतपुर महानगरको मतगणना, कस्ले बाजी मार्ला ? - KTV Khabar

Breaking

मध्यराति सुरु भयो भरतपुर महानगरको मतगणना, कस्ले बाजी मार्ला ?

;

भरतपुर, २० साउन । भरतपुर महानगरपालिकाको मतगणना सुरु भएको छ ।

शुक्रबार राति साँढे ११ बजेबाट मतगणना सुरु भएको हो । भरतपुर १९ को शुक्रबार पुनः मतदान भएको थियो । शुक्रबार भएको मतदानमा २८ सय ७० मत खसेको थियो । जुन पहिलाको भन्दा २७ मत कम हो । यसअघि २८ सय ९७ मत मत खसेको थियो ।

यसअघि मतगणना भएको कभर्डहलमै मतगणना सुरु भएको हो । भरतपुर १९ को २८ सय ७० र भरतपुर २० को ३३ सय २ मतसहित गरी अब ६ हजार १७२ मत गन्न बाँकी छ ।

यसअघि एमालेका मेयरका उम्मेदवार देवी ज्ञवालीको ४० हजार ९८० र माओवादी उम्मेदवार रेणु दाहालको ४० हजार १९६ मत आएको छ । देवी ७८४ मतले अगाडि छन् । २९ वडामध्ये एमाले १४, काँग्रेस १० र माओवादी केन्द्र ३ वटा वडामा विजयी भएका छन् ।

एमाले उम्मेदवार ज्ञवाली र माओवादीकी दाहालबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।

No comments:

Post a Comment