सायदै तपाईलाई थाहा होला विश्वको एकमात्र अचम्मको जीव जुन कहिले मर्दैन - KTV Khabar

Breaking

सायदै तपाईलाई थाहा होला विश्वको एकमात्र अचम्मको जीव जुन कहिले मर्दैन

;

 

संसारमा जन्मलिने प्राय: सबै जीवको अन्त्य हुन्छ। तर के तपाईले कहिल्यै कहिल्यै नमर्ने जीवको बारेमा सुन्नुभएको छ ? उक्त जीवको नाम हो टार्डिग्रेड्स। यो जनावरको आठ वटा खुट्टा रहेको हुन्छ। पानीमा बस्ने यो जीव करीब एक मिलिमीटर वा त्योभन्दा पनि सानो हुन्छ। यो जीवमा रेडिएशन, एकदमै चिसो, सुख्खा मात्रै नभई अन्तरिक्षमा समेत बाच्न सक्ने क्षमता रहेको हुन्छ।
अनुसन्धानकर्ताका अनुसार यो टार्डिग्रेडका दुई प्रजातिका डिएनए डिकोड गरेर हेर्दा उक्त जीव सबै ठाउँमा कुसलपूर्वक बाँच्न सक्छ। पीएलओएस बायोलजी नामक जर्नलमा प्रकाशति गरिए अनुसार धर्तीको सबैभन्दा जुझारु र नमर्ने जीव उल्लेख गरिएको छ। यो जीवलाई पानीको भालू समेत भन्ने गरिन्छ।यसले पृथ्वीमा आउने जस्तोसुकै आपत्तिमा समेत आफ्नो ज्यान बचाउन सक्ने अनुसन्धानकर्ताहरुको दावी छ।
खास गरी पानीले भरिपूर्ण ठाउँमा जब खडेरी लागेर दलदल बन्छ, तब यो जीवको जन्म हुन्छ। यसपछि उसले आफूलाई विस्तारै सबै मौसममा बाच्न सक्ने क्षमताको विकास गर्दछ। अनुसन्धानमा संलग्न लेखक तथा यूनिभर्सिटी अफ एडिनबर्गका प्रोफेसर मार्क ब्लैक्स्टर भन्छन्, ‘नयाँ प्रकारको अनुसन्धानमा जीवको जेनेटिकको कारणले यस्तो भएको हो। यसको जीनमा अद्भूत क्षमता हुन्छ जसले सबै ठाउँमा आफ्नो अस्तित्व बचाउन सफल शुन्छ।’

अन्नपूर्ण पोस्टबाट

No comments:

Post a Comment