एजेन्सी । ब्राजिलीयन स्टार नेयमारलाई फुटबल क्लब पेरिस सेन्ट जर्मन (पिएसजी) मा भित्र्याउन गरेको लगानीलाई क्लबको मालिक कतारले आतंकवादमा लगानीको विषयलाई छायाँमा पार्ने कदम भएको फ्रान्स सरकारका प्रवक्ताले बताएका छन् ।
पिएसजीले ब्राजीलियन स्टार फरवार्ड नेयमार डा सिल्भा सान्तोसलाई स्पेनीस क्लब बार्सिलोनाबाट किर्तिमानी २ सय २२ मिलियन युरोमा भित्र्याउने कदमलाई फ्रान्सले खेलको माध्यमबाट कुटनीतिलाई प्रभाव पार्ने खेल रहेको फ्रान्सेली सरकारका प्रवक्ता क्रिस्टोफ कास्टानेरले बताएका छन् ।
नेयमारलाई टिममा भित्र्याएको घोषणा गरेपछि एलसिआई टेलिभिजनमा प्रशारित एक अन्तर्वातामा उनले कतारले अझै पनि आतंकवादको बारेमा उत्तर दिनुपर्ने र उसले आतंकवादलाई आर्थिक सहयोग गरेको वा नगरेको बारेमा प्रष्ट भन्नुपर्ने बताए ।
‘आतंकवादलाई आर्थिक सहयोग गरेको विषयमा कतारले पारदर्शी हुन धेरै नै आवश्यक छ’ कास्टानेरले भने ‘हामी कतारलाई प्रश्न गर्न सक्छौं । फ्रान्स वार्ताको लागि सधैं तयार छ ।’
२५ वर्षिय नेयमारलाई स्पेनीस क्लब बार्सिलोनाबाट पाँच वर्षे कन्ट्रयाक्टमा ल्याउनको लागि पिएसजीले तलब, विज्ञापन लगाएत सबै खर्च जोड्दा ६ सय मिलियन डलर लागेको बताइएको छ । जुन व्यावसायिक फुटबल इतिहासकै विश्व किर्तिमानी खेलाडी स्थानान्तरण हो ।
आतंकवादलाई सहयोग गरेको भनेर चार अरब देशहरुले कतार माथि आर्थिक नाकाबन्दी लगाएपछि कतारमाथि विश्वव्यापी रुपमा परेको संकटको बिचमा यो स्थानान्तरण भएको हो ।
साभार :- नेपालीपत्र

No comments:
Post a Comment