लण्डन । मिस यूके–नेपाल–२०१७ मा ८ सुन्दरीहरु प्रतिष्पर्धा गरिरहेका छन् । २ चरणबाट छनौट भएका ८ प्रतियोगी सुन्दरीहरुले फाइनलअघि विभिन्न विषयमा प्रशिक्षणको अवसर पाउनेछन् ।
बेलायतको नेपाली समुदायमा आयोजना हुने एकमात्र सुन्दरी प्रतियोगिताको यो छैठौं संस्करण हो । ताज घोषणा हुनुअघि प्रतिष्पर्धीहरुले विभिन्न चरण पार गर्नुपर्नेछ । यस वर्ष मुख्य कोरियोग्राफरका रुपमा बेलायत आउने पूर्व मिस नेपाल माल्भिका सुब्बाले प्रतियोगीलाई प्रशिक्षण गर्नेछिन् ।
‘इभेन्ट्स एण्ड आईडियाज’को ब्यानरमा शान्ति गुरुङको एक्लो पहल र संयोजनमा हुंदैआएको यो प्रतियोगिता बेलायतको नेपाली समुदायमा लोकप्रिय छ । सन् २०१० देखि सुरु भएको मिस यूके–नेपालको ताज यसअघि ५ सुन्दरीले पहिरिए पनि यो प्रतियोगिताबाट जन्मिएका सेलिब्रेटीहरु भने थुप्रै छन् । यही प्रतियोगिताबाट चिनिएका बेलायतबासी नेपाली सुन्दरीहरुले विशिष्ट पहिचान मात्र बनाएका छैनन् सामाजिक गतिविधिमा उदाहरणीय पनि बनेका छन् ।
छैठौं संस्करणका प्रतिष्पर्धीहरु :

सृष्टि केसी
साउथ ईस्ट लण्डनको विलवीचकी बासिन्दा सृष्टी केसी सिटी अफ वेस्ट मिनिस्टर कलेजमा अध्ययनरत छिन् । १८ बर्षीया केसीको उचाइ ५ फिट २ ईन्च छ । भविष्यमा सफल पत्रकार बन्ने लक्ष्य लिएकी सृष्टी पत्रकारका रुपमा विश्वका विभिन्न मुलुकहरु पुग्ने र बुझ्ने चाहना राख्छिन् । नयाँ–नयाँ ठाउँ घुम्ने, फोटोग्राफी गर्ने उनका रुचिका विषय हुन् ।

लिसा सुनार
१९ वर्षीया लिसा सुनार बेलायतको एन्डोभरमा बस्दै आएकी छिन् । उनको उचाई ५ फिट ३ ईन्च छ । अहिले फुड एण्ड न्यूट्रिसन अध्ययन गरिरहेकी लिसाले भविष्यमा एक डाइटिसियन बन्ने लक्ष्य लिएकी छिन् । ब्रिटिश हार्ट फाउण्डेसन, एनएचएस लगायतमा स्वयंसेवकको रुपमा काम गरेको अनुभव उनीसँग छ । नेपालमा भूकम्प गएको बखत उनले भूकम्पपीडितका लागि कोष संकलन गरेर पनि पठाएकी थिइन । यही बर्ष उनले तीज गीतको म्युजिक भिडियो पनि गरेकी छिन् । नृत्य, घुमफिर, ब्याडमिन्टन, पौडी लगायतका उनका रुचीका विषय हुन् ।

प्रकृति श्रेष्ठ
प्लमस्टिडकी बासिन्दा प्रकृति श्रेष्ठ २३ वर्षकी भइन् । ५ फिट ३ ईन्च अग्ली प्रकृति पेशाले डेन्टल नर्स हुन् । भविष्यमा एक डेन्टल हाइजिनिस्ट बन्ने लक्ष्य प्रकृतिको छ । यसबाहेक प्रकृति अभिनयमा पनि दखल राख्छिन् । उनले २ वटा सर्ट मुभीमा अभिनय गरिसकेकी छिन् । फुर्सदको समय साथीभाइ तथा परिवारसँग बिताउन चाहने उनलाई आध्यात्मिक भिडियोहरु हेर्न मन पर्छ ।

सिर्जना गुरुङ
सिर्जना गुरुङ क्लिनिकल ट्रायल स्पेसलिस्टका रुपमा कार्यरत छिन् । ५ फिट ७ ईन्च उचाईकी सिर्जनाको उमेर अहिले २३ वर्ष पुग्यो । लण्डनको नर्थहोल्ट क्षेत्रमा बस्दैआएकी गुरुङ क्लिनिकल रिसर्चको क्षेत्रमा सफल करियर बनाउने लक्ष्यका साथ अघि बढेकी छिन् । जुनसुकै क्षेत्रमा गए भए पनि सफल र खुसी हुनु नै बढी महत्वपुर्ण ठान्छिन् उनी । खेलकुद र स्वयंसेवामा रुची राख्ने सिर्जनाले सन् २०१२ को लण्डन ओलम्पिक्सको समापन समारोहमा समेत प्रस्तुति गर्ने अवसर पाएकी थिइन् । बेलायतमा आयोजना हुँदैआएको इन्टर युनी नृत्य प्रतियोगितामा उनले सन् २०१२ मा दोस्रो र सन् २०१३ मा तेस्रो स्थान प्राप्त गरेकी थिइन् ।

सोफिया केसी
सोफिया केसी बर्मिङ्घमकी बासिन्दा हुन् । ५ फिट ४ ईन्च अग्ली सोफियाको उमेर २२ वर्ष भयो । बिजनेस म्यानेजमेन्टकी विद्यार्थी सोफियाले ड्युटी म्यानेजरको रुपमा काम गर्दै आएकी छिन् । भविष्यमा एक सफल लिडर र उत्प्रेरक व्यक्तित्वका रुपमा स्थापित हुने उनको लक्ष्य छ । नृत्य, घुमफिर, पौडी लगायतका विषयमा उनको रुची छ ।

सिमोना श्रेष्ठ
सिमोना श्रेष्ठ लण्डन बाहिरको लेस्टर सहरबाट आएकी प्रतियोगी हुन् । ५ फिट ७ ईन्च अग्ली उनी २० वर्षकी भइन् । ट्राभल एण्ड टुरिजमको फाउण्डेसनमा डिग्री गरिरहेकी उनले क्याबिनको क्रु अथवा ट्राभल एण्ड टुरिजम क्षेत्रभित्रै करियर बनाउने लक्ष्य राखेकी छिन् । यसबाहेक सिमोन नृत्य र गायनमा समेत रुची राख्छिन् ।

सुजना पुन
सुजना पुन लण्डनको वेम्बलीकी बासिन्दा हुन् । १९ बर्षीया सुजनाको उचाई ५ फिट ३ ईन्च छ । ल एण्ड फिलोसोफीमा अन्डरग्र्याजुएट लेभलको अध्ययन गरिरहेकी सुजना वकिल बन्ने लक्ष्य राख्छिन् । आफुलाई फेसनको सौखिन ठान्ने सुजनाले फुर्सदको समयमा किताबहरु पढ्न पनि मन पराउँछिन् ।

एलिन गर्बुजा
एलिन गर्बुजा लण्डनको वेम्बली क्षेत्रकी बासिन्दा हुन् । भविष्यमा प्रहरी प्रशासनमा प्रवेश गरेर सेवा गर्ने लक्ष्य उनको छ । २२ बर्षीया उनले कानुन विषयमा अन्डरग्रयाजुएट लेभलको अध्ययन गर्दैछिन् । हाल म्याकडोनल्डमा सिप्mट म्यानेजरका रुपमा एलिनले काम गर्दै आएकी छिन् । साहसिक खेल तथा ट्रेनिङहरुमा एलिनको रुची छ ।
स्रोत :नेपालीपत्र

No comments:
Post a Comment