डा. राजेन्द्र भद्रा
हाम्रो विवाह भएको १८ वर्ष पूरा भयो । म उमेरले ३८ वर्षकी भए भने उहाँ ४६ वर्ष पुग्नुभयो । यो अवधिमा मैले तीन स्वस्थ सन्तानकी आमा बन्ने सौभाग्य पनि पाएकी छु । अहिलेसम्म मेरो यौनजीवन पनि आनन्दायक नै छ ।
म स्वस्थ भए पनि तीन वर्षदेखि श्रीमानचाहिँ मधुमेह (डायबिटिज) बाट पीडित हुनुहुन्छ । उहाँ तीन–तीन महिनामा मधुमेह स्तर जाँच गराउनुहुन्छ । यस अवधिमा एक–दुई पटकबाहेक उहाँको सुगरको स्तर नियन्त्रित देखियो । उहाँ सामान्य ढंगले दैनिक कार्य गर्नुहुन्छ ।
तत्कालै हामी दुईबीचको यौनसम्बन्धमा यसको नकारात्मक असर पनि परेको छैन । यो उमेरमा पनि प्रत्येक रात एकपटक त सम्पर्क हुन्छ नै । दुवै जना पूरा मुडमा भएका बेला त रातको दुई पटक पनि हुन्छ, स्खलन र मात्रामा पनि कुनै समस्या छैन । हल्का स्पर्श तथा चुम्बनले पनि उहाँको लिंग उत्तेजित हुन्छ र उत्कर्षमा पुगेर वीर्यपात भएको केही बेरसम्म पनि लिंगको कडापन कायमै रहन्छ ।
मिठासले भरिपूर्ण हाम्रो यौनजीवनमा पछि गएर मधुमेहले कुनै असर पार्छ कि पार्दैन रु यौन जीवनमा मधुमेहको नकारात्मक असर पर्न नदिन के–कस्ता कुरामा ध्यान पुर्याउनुपर्ला रु उहाँ मदिरा तथा चिल्लो–पिरोसमेत नखाने शाकाहारी हुनुहुन्छ । उहाँ बिहानदेखि बेलुकासम्म सक्रिय जीवन बिताउनुहुन्छ र दैनिक न्यूनतम एक घण्टा हिंड्नुहुन्छ । सम्भवतस् निकै नियन्त्रित खानपिनका कारणले होला, मधुमेहपछि तीन वर्षको अवधिमा उहाँको तौल ७५ किलोग्रामबाट ६५ किलो भएको छ । उहाँको तौल अहिले स्थिर छ । मेरा केही महिला मित्रले मधुमेह पुरानो हुँदै गएपछि व्यक्ति कमजोर हुँदै जाने र लिंग नउठ्ने ९लुलो हुने० भनेकाले म चिन्तित छु ।
कुनै कुलत नभएका मेरा श्रीमान्ले ध्यान वा साधनामा लीन भएझैं यौनसम्पर्क गर्ने हुनाले म हरेक दिन त्यो क्षणको प्रतीक्षामा हुन्छु । फोरप्ले र आफ्टर प्लेपछि मीठो निद्रा अनि बिहान गजबको फुर्ती आउँछ । उहाँसँगको यो सुखलाई बाँचुन्जेल अनुभूति गर्न चाहन्छु । त्यही भएर बढ्दो उमेर तथा मधुमेहसँगै यौनजीवनलाई कसरी सन्तुलनमा राख्ने उचित मार्गदर्शन एवं परामर्शका लागि अनुरोध गर्दछु ।
– गृहिणी, मोरङ
तपाईंहरू दुवैले यति लामो विवाहित जीवनमा पर्याप्त यौन आनन्द लिइरहनुभएको कुराले हर्षित तुल्याएको छ । तपाईंले मधुमेहको यौनजीवनमा हुन सक्ने सम्भावित प्रभावका बारेमा सोधेर स्वास्थ्यप्रति
सचेत व्यक्तिको परिचय पनि दिनुभएको छ ।
मधुमेहले यौनजीवनमा के–कस्तो प्रभाव पार्छ ?
सजिलो भाषामा भन्नुपर्दा मधुमेह भएका व्यक्तिको रगतमा चिनी ९ग्लुकोज० को मात्रा बढी हुन्छ । लामो समयसम्म अनियन्त्रित रूपमा चिनीको मात्रा बढी भैरहे त्यसले रक्तनसा अनि स्नायुलाई पनि हानि पुर्याउँछ । पछि गएर यसको प्रभाव यौन उत्तेजना, योनि रसाउने वा लिङ्ग उत्तेजनाजस्ता कुरामा पर्छ । लिङ्गमा रगत भरिन ठीक समयमा नाइट्रिक एसिड नामको रसायन निस्कन्छ, जसले रक्तनसाका मांसपेशीलाई खुकुलो हुन रसायनिक सन्देश वाहकका रूपमा काम गर्छ । मधुमेहका कारण रक्तनसा वा स्नायुमा खराबी आउँदा यसले राम्रोसँग कार्य गर्न सक्दैन ।
त्यसबाहेक मधुमेह भएका व्यक्तिमा अन्य कतिपय कारणले पनि (यौनजीवनमा) नकारात्मक असर परेको हुनसक्छ । मधुमेह भएका कतिपय व्यक्तिमा उच्च रक्तचापको समस्या हुनसक्छ । यसले पनि रक्तनसामा हानि पुर्याउँछ । त्यसैगरी उनीहरूमा खराब किसिमको कोलेस्ट्रोलको मात्रा बढी भएको हुनसक्छ, जसले रक्तनसालाई साँगुरो बनाएको हुनसक्छ । जीवनशैलीको कुरा गर्ने हो भने पनि मधुमेह भएका कतिपय व्यक्तिले धूमपान गर्ने, खानामा परहेज नगर्ने हुन सक्छ ।
धूमपानले स–साना रक्तनसामा हुने रगतको प्रवाहलाई कम गर्छ । अनियन्त्रित रूपमा चिनीको मात्रा कम वा बढी हुँदा थकाइ लागेजस्तो हुने वा जाँगर वा स्फुर्ती नहुने स्थिति हुन्छ, जसले यौन क्रियाकलामामा संलग्न हुने कुरामा नकारात्मक असर पार्छ ।
त्यसबाहेक मधुमेह भएको व्यक्तिमा आफ्नो स्वास्थ्यका सम्बन्धमा नकारात्मक भावना उत्पन्न हुनसक्छ । कतिपयले चाहेर पनि आफ्नो जीवनशैली परिवर्तन गर्न सकेका हुँदैनन् वा तौलको उचित व्यवस्था गर्न सकेका हुँदैनन् । यस्तो हुँदा उसको आत्मसम्मानमै धक्का पुगेको हुनसक्छ, जसले मधुमेह भएका व्यक्तिको यौनेच्छा वा यौन लगावमा नकारात्मक असर पारिरहेका हुनसक्छ ।
समाधानका लागि के–कस्तो कुरामा सजग हुनुपर्छ ?
आफूलाई मधुमेह भएको थाहा भएपछि यौनसम्बन्धी तथा अन्य कुरामा नकारात्मक असर परेर अङ्ग–प्रत्यङ्गमा गम्भीर खराबी आउन नदिन रगतमा चिनीको मात्रालाई नियन्त्रित राख्नुपर्छ । सर्वप्रथम त तपाईंको श्रीमान्ले मधुमेहलाई नियन्त्रित राख्न गर्नुभएको प्रयास सराहनीय छ । यद्यपि म यहाँकेही मुख्य कुरा उल्लेख गर्न चाहन्छु । चिनी, ग्लुकोजजस्ता वस्तुको प्रयोग एकदमै कम गर्ने वा गर्दै नगर्ने, चिल्लो पदार्थ कम सेवन गर्ने, तौल सन्तुलित राख्ने, नियमित व्यायाम तथा प्रशस्त हरियो–परियो (सागपात) सेवन गर्ने ।
त्यसका साथसाथै धूमपान एवं मद्यपानको सेवनबाट परहेज कुरा पनि अर्को महत्त्वपूर्ण पक्ष हो ।
औषधी नियमित रूपमा सेवन गर्नुपर्छ र नियमित रूपमा चिकित्सकबाट परीक्षण पनि गराउनुपर्छ । ह्दयरोग होस् वा कोलेस्ट्रोल बढी हुने समस्या, त्यस्ता रोगको पनि नियमित परीक्षण गराउन तथा औषधी सेवन गर्न बिर्सनु हुँदैन । यस्ता कुरामा ध्यान दिन सकियो भने मधुमेहको जटिलताबाट जोगिन सकिन्छ । चिकित्सकसँग यौनसम्बन्धी आफ्नो चासोका विषयमा सोध्न हिचकिचाउनु हुँदैन ।
हुन त तपाईंको यौनजीवनमा कुनै समस्या छैन, तैपनि अर्को महत्वपूर्ण पक्ष के भने पाको उमेरका कारण पनि बिस्तारै यौन सक्षमतामा नकारात्मक असर पर्न सक्छ । यसको दोष अनावश्यक रूपमा मधुमेहलाई दिनुको सट्टा समस्याको समाधान खोज्नुपर्छ । अव्यवहारिक अपेक्षा राख्नु पनि मनासिव हुँदैन ।
हरेक पटक चरमसुख प्राप्त गर्नैपर्ने मानसिकता वा दबाबबाट मुक्त रहनुपर्छ, अन्यथा त्यसको नकारात्मक असर पार्छ । तनाव, चिन्ता वा भय कम गर्न सक्नुपर्छ । सहज वातावरण एवं तनावरहित भएर यौन क्रियाकलापमा संलग्न हुँदा फाइदा मिल्छ । आवश्यकताभन्दा बढी पीर गर्दा समस्या अझ बल्झिन सक्छ । साप्ताहिकबाट ।
No comments:
Post a Comment