ध्यान केन्द्रित गर्न चुईंगम खानुस.. - KTV Khabar

Breaking

ध्यान केन्द्रित गर्न चुईंगम खानुस..

;

ध्यान केन्द्रित गर्न चुईंगम खानुस..

भर्खरै सम्पन्न एक खोजमा ध्यान केन्द्रित गर्न चुईंगम उपयोगी हुने पत्ता लागेको छ । जुन काममा लगातार एकाग्रताको जरुरत हुन्छ,त्यसमा चुईंगम उपयोगी हुने तथ्य कार्डिफ विश्वविद्यालयकी केट मोर्गन र उनका सहयोगीले पत्ता लगाएका हुन। मोर्गनको यो खोज ‘ब्रिटश जर्नल अफ साइकोलोजी’मा पनि प्रकाशित छ। उक्त रिपोर्टमा चुईंगमले ध्यान केन्द्रित गर्न सहयोग गर्ने कारणहरु समावेश छ।

यस भन्दा अघिका चुईंगम सम्वन्धी खोजमा दृश्य हेर्दा चुईगमले गर्ने फाइदाका विषयमा खोज केन्द्रित थिए। यो खोजमा भने सुन्ने कार्यमा चुईंगमले पुर्याउने फाइदाका विषयमा केन्द्रित थियो।

खोजका क्रममा चुईंगम खाने र नखाने मानिसहरुलाई समावेश गरेर विभीन्न किसिमका प्रश्न सोधिएको थियो। खोजमा चुईंगम नखाने भन्दा चुईंगम खाने सहभागीले चाँडो उत्तर दिएका थिए र सहि पनि दिएका थिए ।

No comments:

Post a Comment