कुनै बेला तल दिइएको फोटो सामाजिक संजालमा निकै भाइरल बनेको थियो ! सरकारले उक्त ठुलो रकम आम मानिसलाई भाग लगाएर बाँडोस भन्दा पनि सहि सदुपयोग गरोस भन्ने सबैको अभिप्राय थियो !आज करिब साढे दुईवर्ष पुरा भएर अगाडी बढ्दा दुई पटक पुनर्निर्माण प्राधिकरणको दलैपिच्छे सीओ फेर्ने
बाहेक देखिने गरि सरकारले सिन्को भाँचेको अनुभूति जनता गरेका छैनन् !सरकारले राहत दिन्छ र घर बनाउछौँ भनेकाहरु अहिले तेस्रो वर्षा पालामा कटाउदै छन् र सरकारको कुनै छु मन्तर नभए अझै कति वर्खाहरु त्यहि पाटाकै पालमा गुजार्नुपर्ने छ !
तल उल्लेखित रकम मात्र केहि प्रतिनिधि देशको मात्र हो यो बाहेक खर्बौं रकम व्यक्ति संस्था NGO/INGO मार्फत कति भित्रियो कति के के भयो यसको लेखाजोखा सरकार सँग छैनभुकम्प पिडितको रकमले कयौँले गाडी किनेका खबर पनि छापामा नआएका होइनन !
ठिक यसबेला तराईमा आएको बाढीले सबैको ध्यान नेपाल तिर तानिएको छ ! विभिन्न राष्ट्रले सहयोगका हात फैलाईसकेका छन् !देश तथा विदेशमा रहने नेपालिहरुले पनि आफ्नो छाक काटेर मन खोलेर एक नेपालि लाई पर्दा अर्को नेपालिले सहयोग गर्नुपर्छ भन्दै सकेको गरेका छन् !
रह्यो कुरा उठेको रकमको सदुपयोग ! साच्चै यतिवेला सबैले सोच्नै पर्ने भएको छ कहाँ गयो होला भुकम्प पिडितका नाममा आएको खर्बौं रकम ? के कति पुरातात्विक महत्वका ठाउँहरुको पुनर्निर्माण भए ? वा जनताले पाल बाट घर गोठ बनाउन सके ? कि रकम जति सरकारको खातामा धुर्मुस सुन्तलीले सबैलाई हात जोर्दै वस्ती बनाई दिनुपर्ने होला ?
सबै नेपालिले देशको विपत सँगै देश विदेश बाट भित्रिने हरियो डलरको लेखाजोखा राख्न जरुरि छ जनताको पिडामा मोटाउनेहरु गल्लिगल्लिमा भेटिन्छन !घटना भर्खरैको हो अर्बौ घोटालामा मुछिएका भन्सारका हाकिम एकसुको धरौटी नराखी उल्टै पक्रनु नै गलत भएको भन्दै थुना मुक्त भए ! सम्बन्धित निकायलाई झक्झक्याउ आ-आफ़्नो ठाउँमा खबरदारी गरौँ र मनपरे सामग्री सेयर पनि गरौँ ! धन्यवाद
No comments:
Post a Comment