नायक पल शाहको अर्काे चिन्ता सुरु…. - KTV Khabar

Breaking

नायक पल शाहको अर्काे चिन्ता सुरु….

;

म्युजिक भिडियो हुँदै नेपाली सिनेक्षेत्रमा प्रबेश गरेका नायक पल शाह यतिबेला ‘म यस्तो गीत गाउँछु’ को सफलताको खुसी साट्दैछन् । ‘नाई नभन्नु ल ४’ बाट डेब्यु गरेका पललाई यो चलचित्रले नायकको परिचय त दियो तर यसको असफलताको कारण पहिलो गाँसमा नै उनलाई ढुङगा लाग्यो। यद्धपी उनको पाईला भने रोकिएन ।

लामो समयको संघर्षको कारण सही अर्थमा नायकको दर्जा भने उनलाई सुपरहिट चलचित्र ‘म यस्तो गीत गाउँछु’ ले दियो । चलचित्रमा उनको कामको चौतर्फी प्रशंसा गरियो । प्रर्दशनको समय उनको फ्यान फलोईङ कति छ भन्ने प्रष्ट पनि पारिदियो जुन एउटा चर्चित भन्दा चर्चित सेलिब्रेटीको भन्दा कम थिएन ।
म्युजिक भिडियो हुँदै ‘म यस्तो गीत गाउँछु’ सम्म आईपुग्दा पलले निकै हाइप लिए । तर अब उनलाई खुसीसंगै अर्काे चुनौती पनि थपिएको छ । त्यो चुनौती हो चलचित्र ‘जोनी जेन्टलम्यान’ । नितिन चन्दको निर्देशनमा तयार भएको यो चलचित्रमा पलसंगै आँचल शर्माको मुख्य भूमिका छ ।

जेठमा रिलिज हुने भनिएको यो चलचित्रले स्थानिय तह निर्वाचनको कारण प्रर्दशन मिती ३ महिना सार्दे भदौ ३० गते लाई फाईनल भयो । ‘म यस्तो गीत गाउँछु’ भन्दा अगाडी रिलिज हुनुपर्ने यो चलचित्रले ‘म यस्तो गीत गाउछुँ’ को सफलताको फाईदा पक्कै पाउछ ।
तर यो चलचित्रले पललाई जुन हाइप दियो ‘जोनी जेन्टलम्यान’ ले कायम राख्न नसके पलको क्रेज धरमराउन सक्छ । यो चलचित्र सफल हुनुपनि पलको लागि निकै आश्वयक छ ।
किनकी ‘म यस्तो गीत गाउँछु’ को सफलतापछि पललाई नेपाली रजतपटका लागि आसलाग्दो नायकको रुपमा लिन थालिएको छ । जसको कारण पनि पलमाथि झनै चुनौती थपिएको छ । हाल पल ‘म यस्तो गीत गाउँछु’ को प्रर्दशनको लागि थाईल्याण्ड गएका छन् ।

Source-Osnepal

No comments:

Post a Comment