मान्छेको हत्या गर्नेलाई पुरस्कार दिने अनौठो कानुन लागु भएको देश - KTV Khabar

Breaking

मान्छेको हत्या गर्नेलाई पुरस्कार दिने अनौठो कानुन लागु भएको देश

;

 

एजेन्सी – हाम्रो देशमा पशु मार्दा समेत कार्वाही हुन्छ । अहिले पशु बली दिने प्रथा समेत रोक्न आवाज उठिरहेको छ । तर यो दुनियाँमा यस्तो देश पनि छ, जहाँ सरकारले नै मानिसको हत्या गर्ने छुट दिन्छ र हत्यारालाई सजायँ दिनुको साटो उल्टै पुरस्कार दिन्छ ।
एसियाली मुलुक फिलिपिन्समा हत्यारालाई दण्डको साटो पुरस्कार दिने व्यवस्था गरेको छ । फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुट्रेटले लागूऔषध कारोबारीको हत्या गर्नका लागि पुलिस तथा आमजनतालाई पूर्ण रुपमा छुट दिएका छन् ।
लागूऔषध कारोबारीको हत्या गर्नेलाई सरकारले एक सय डलर पुरस्कार दिने गरेको छ । लागूऔषध अपराधीलाई मार्न सरकारले उक्साएसँगै यसको नतिजा पनि निस्किरहेको छ ।
गत जुलाई यतामात्रै ६ हजार भन्दा धेरै संदिग्ध लागूऔषध कारोबारीहरुको हत्या भइसकेको अन्तर्राष्ट्रिय सञ्चार माध्यामहरुले जनाएका छन् ।
त्यस्तै जनता र पुलिसबाट मारिने डरले ७० हजार भन्दा धेरै लागूऔषध अपराधीले आत्मसमर्पण गरिसकेको त्यहाँका अधिकारीहरुलाई उधृत गर्दै समाचारमा जनाइएको छ ।
तर संयुक्त राष्ट्रसंघले भने यसलाई मानव अधिकार हननको मामिला भन्दै आलोचना गरेको डेलीन्यूजले समाचार लेखेको छ ।

No comments:

Post a Comment