टेलिभिजन शो ‘कुमकुम भाग्य’ मा अभिनय गरेकी श्रद्धा आर्य अहिले आफ्नो निजी जीवनलाई लिएर चर्चामा छिन् । उनको ईंगेजमेन्ट टुटेको खबर छ ।
श्रद्धाले २०१५ को अक्टोबरमै गैरआवासीय भारतीय जयन्तसँग ईंगेजमेन्ट गरेकी थिइन् । तर त्यसयता विवाह गर्न दुवै पक्षले चासो दिएनन् ।
एउटा वेबसाइटलाई दिएको अन्तरवार्तामा भने श्रद्धाले आफ्नो ईंगेजमेन्ट टुटेको कुरा अस्वीकार गरिन् । तर, तत्काल विहे गर्ने कुनै योजना नरहेको बताइन् ।
‘म विवाहसँग जोडिएको कुनै पनि निर्णय हतारम ागर्न चाहन्न । पहिले हामी एक-अर्कालाई राम्रोसँग बुझ्न चाहन्छौं । हामीबिच दरिलो सम्वन्धका लागि समय लाग्छ,’ उनले भनिन् ।
आफूहरुबिच विभिन्न विषयमा मतभेद रहेको श्रद्धाले स्वीकार गरिन् । उनले भनिन्, ‘मलाई त्यो समयको प्रतिक्षा छ, जब हामी एक-अर्कालाई राम्रोसँग बुझ्न सक्नेछौं ।’
श्रद्धाले अगाडि भनिन्, ‘बुवाआमा चाहनुहुन्छ कि मैले यस्तो व्यक्तिसँग बिहे गरौं जसको मेरो यात्रामा सकारात्मक प्रभाव होस । यही कारणले मैले अहिलेसम्म विवाहलाई पन्छाइरहेकी छु ।’
श्रद्धाले ईंगेजमेन्ट टुटेको स्वीकार नगरे पनि उनका पोष्ट र अभिव्यक्तिले भने उनी सिंगल रहेको संकेत गर्छन् । गत १७ अगष्टमा उनले आफ्नो ३० औं जन्मदिन मनाइन् । तर, त्यतिबेला पनि उनका व्वाइप|mेन्ड उपस्थित भएनन् । अनलाइनखबरबाट
No comments:
Post a Comment