फेसबुक मार्फत अश्लील म्यासेज गरी रकम कुम्लाउन खोज्दा…. - KTV Khabar

Breaking

फेसबुक मार्फत अश्लील म्यासेज गरी रकम कुम्लाउन खोज्दा….

;

काठमाडौँ, २ भदौ । सामाजिक सञ्जाल फेसबुक मार्फत व्ल्याकमेल गरी रकम लिएको आरोपमा गोरखाको पालुङटार नगरपालिका–७ का ३२ बर्षीय विकास नेपाली पक्राउ परेका छन् ।

खाल्टेपानी युवा क्लबका म्यानेजर समेत रहेका विकास काठमाडौंस्थित गोंगबु बसपार्कबाट गएको साउन २९ गते पक्राउ गरेको शुक्रबार प्रहरीले जानकारी दिएको हो ।

विकासले फेसबुकमा खाल्टेपानी युबा क्लब नामको फेसबुक आईडी बनाइ दुई वर्षदेखि साथी भएका पीडितसँग विभिन्न बाहनामा रकम माग गर्दै१ लाख ६० हजार भन्दाबढी रकम लिएको प्रहरीको दाबी छ ।

६ महिना अघि पुनः पैसा माग गरी पीडितको चरित्रहत्या गरी बदनाम गराउने उद्धेश्यले विभिन्न अश्लील म्यासेज पठाउने गरेको पाइएपछि उनलाई केन्द्रीय अनुसन्धान व्यूरोको प्रहरी टोलीले पक्राउ गरेको हो ।

परियारलाई विद्युतीय कारोबार ऐन अन्तर्गत मुद्दा दर्ता गरी प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।Media np

No comments:

Post a Comment