काठमाडौं, साउन १८ । बिरालोले आची लुकाएर राखेजस्तो लुकाइलुकाइ सवैकुरालाई सामान्य ठानेर सम्बन्धहरु जोडिएका , लिभिंग टुगेदर गर्दै संसार चलाईरहेका कयौ थुंगा फूलहरुले सजिएको यहाको नेपाली समाजलाइ एउटा परिचितको प्रेमको रहस्मय भाव झल्काउने आत्महत्याले बेस्सरी झस्काएको छ ।बैदेशिक रोजगारले विकसित हुँदै गइरहेको पारिवारिक विखण्डन, व्यक्ति, समाज र संस्कृतिका तहतहका विस्थापनहरूको एउटा पाटो उजागार गरेको छ ।
पछिल्ला वर्षहरुमा लाखौँ नेपाली युवा युवती आफू र आफ्नो परिवारलाई सुख दिने सपना बोकेर विदेशिएका छन्। एकातिर बैदेशिक रोजगारले लाखौँ नेपालीहरुको रेमिट्यान्सले देशको अर्थव्यवस्थालाई ठूलो योगदान गरेको छ भने अर्को तिर यसले कयौँ सामाजिक समस्या पनि निम्त्याएका छन्। यहि सामाजिक समस्या मध्ये एक आत्महत्या पनि हो भन्दा फरक पर्दैन ।
पछिलो समय कुबेत बाट फर्किए पछी घरेलु कामदारमा आएका नेपाली चेलीहरुले बिभिन्न माध्यम बाट आफुले पाएको शारीरिक, मानसिक, भौतिक र यौन दुव्र्यवहार लगायतको यातनाका केही प्रतिनिधि भिडियोहरु सार्वजनिक गरेर कुबेतको नेपाली समाजलाइ लजित बनाई रहेको बेला यसै साता कुबेतमा धेरै समय बसेर नेपाल फर्किएकी चिरपरिचित एक चेलीको आत्महत्याले सवैलाई स्तब्ध बनाएको छ।
त्यसो त् अहिले सम्म घरेलु कामदारका रुपमा आएका केहि नेपाली चेलीहरुले यौन शोषण, यातना , पारिश्रमिक नपाएर र अन्य कारणहरुले केहिले आत्महत्या गरेर हामीलाई आत्महत्याको शाश्वत सत्य देखाई सकेका छन् । तर यतै हुदा नेपाली युवा संग प्रेममा परेकी थिइन भनेर बुझेको नेपाली समाजले उनै युवासंग बर्षौ पछी भेट हुदा उनले किन र कसरि यो बर्षौको अध्यायको प्रेमलाई सलको गाठोमा कसेर शाश्वत प्रेमको आत्मिक स्पर्श दिएर आफै आफ्नो देहलिला समाप्त गरिन भन्ने सवाल मनभरी मडारिरहेको छ । बिरालोले आची लुकाएर राखेजस्तो हरेक कुरा आफ्ना परिवार श्रीमान श्रीमतीबाट लुकाइलुकाइ सवैकुरा लाई सामान्य ठानेर सम्बन्धहरु जोडिएका , लिभिंग टुगेदर गर्दै संसार चलाईरहेका कयौ थुंगा फूलहरुले सजिएको यहाको नेपाली समाजलाइ यिनको अर्थात एउटा परिचितको प्रेमको रहस्मय भाव झल्काउने आत्महत्याले बेस्सरी झस्काएको छ ।
जीवनमा केही सम्पत्ति आर्जन गरि सुखसँग जीवन गुजारा गर्ने र आफ्ना बालबच्चालाई शिक्षित बनाउने सुन्दर सपना बोकेर विदेशी भूमिको प्रत्येक टेकाइमा चलीरहेको धेरै नेपाली महिला पुरुष केही समय भए पनि माया प्रेमको आकर्षणको भ्रम पालेर असामान्य भोगाइ र अनुभूतिमा बाँचेको छन । माया प्रेम वास्तवमा विस्तारै हुने प्रक्रिया हो र यो दुई व्यक्ति साथसाथै हुर्कंदा विकसित हुन्छ र यसमा सम्पूर्ण व्यक्तित्व नै संलग्न हुन्छ ।
प्रेममा अर्को व्यक्तिको भावना तथा शरीर दुवैको कदर गरिनुका साथै र उक्त व्यक्तिलाई सुखी-खुसी राख्न प्रयत्न गरिन्छ । तर आजको मोडलिङ सोसाइटीमा यसरि जोडिएका सम्बन्धहरु प्रेम होकी आकर्षण हो भनेर भिन्नता छुट्टयाउन नसकने प्रेम वा भनौं मायाका भावना बोक्ने ति बुझाईका बेथितिहरूको सर्वत्र सोच्न बाध्य बनाएको छ ।
त्यस्तै गरि एकातिर बैदेशिक रोजगारले विकसित हुँदै गइरहेको पारिवारिक विखण्डन, व्यक्ति, समाज र संस्कृतिका तहतहका विस्थापनहरूको एउटा पाटो उजागार गरेको छ ।अर्को तिर भावनामा बगेर गरेको प्रेमले पछि दुःख पाउछ । यसैले मानिस यथार्थमा जिउन सिक्नु पर्छ ।
आज प्रवासमा हुदा भावानामा बगेर यस्तो गर्छु भन्ने बाचाकसमहरु भोली यर्थाथताको धरातलमा उभिदा नितान्त फरक हुन् सक्छ अनि त्यही कारणले दुवैको सम्बन्धमा बन्धन बन्न सक्छ । जसको पछिलो परिणाम यिनै चेलीले जसरि बन्द कोठामा आफैलाई सिध्याउनु पर्ने त हैन भन्ने एउटा डरलाग्दो संस्कृतिको पटाक्षेप गरिरहेको छ।
विश्वमा हरेक ४० सेकेण्डमा एक जना मानिसले आत्महत्या गर्ने गरेका छन् । संयुक्त राष्ट्रसंघको तथ्यांक अनुसार हरेक वर्ष ८ लाखले आत्महत्या गर्छ जसमा नेपाल आत्महत्या गर्ने मुलुकको टप आठ नम्बर भित्रमा छ । जीवनको वास्तविक भोगाई र बुझाइ भित्र दुख, पिडा, रोग व्याधि, असन्तुष्टी,भय,क्षय सबैको हुन्छ । जीवन, समय र संघर्षको बाटोमा मान्छेलाई आआफ्नै व्यक्तिगत समस्या, पारिवारिक र सामाजिक समस्याले सताईरहेको हुन्छ ।तर पनि जीवन जिउन संघर्ष गर्ने हो भने संसारमा हरेक कुराको समाधान छ ।
जीवन एउटा भोगाइ हो र पिडा , दु:ख भन्ने कुरा एउटा समस्या मात्र हो । यसको पनि समाधान छ । मात्र संयम भएर हामीले खोज्न सक्नुपर्छ । आत्म हत्या गर्दैमा यो घट्दैन, हट्दैन । भित्रि बाहिरी जतिसुकै कारण भए पनि दु:खी हुँदा हाम्रो सोच्ने शक्ति पनि कमजोर हुन्छ अत आत्महत्याको कर्ता र मर्ता व्यक्ति आफै हुन्छ । त्यसैले जीवन देखि हार खाएर आत्महत्या जस्तो आफ्नै इहलीला समाप्त पार्ने बाटोमा नपुगौ ।
अन्त्यमा, सुख र दु:ख जीवनका समानान्तर पाटा हुन् र केही सिमित समस्या आउदैमा जीवन जिउन गार्हो मान्नेहरुको लागि जिउन संसार हैन।यधपी ज्ञातअज्ञात जानेर नजानेर आत्महत्या गर्ने सवैको आत्मा लाइ शान्ति मिलोस । त्यस्तै गरि आफ्नो जीवनलाइ लौका घिरौला झुण्डिए जस्तो झुन्डाउने कुबुद्दी कसैलाई नआओस । बरु एउटा बलियो खम्बा र दरिलो आधार बनाएर सकारात्मक समयप्रति जीवनलाई एउटा संघर्षको मैदानमा भिड्न उभियाएको सुन्न देख्न पाउ, समयसग सम्झौता होईन संघर्ष गरेको सुन्न पाउ । ईति
-गोपाल शिवा/हाम्रो सञ्चारबाट

No comments:
Post a Comment