यतिबेला प्लेन मलेसियाको जमीनमा उभिएको छ, अर्थात केएलआइए एयरपोर्टमा छ अनि काठमाण्डौका लागि उडान भर्ने अन्तिम तयारी गर्दैछ । र, मचाहिँ बोडिङ्ग पासमा तोकिएको सिट च्यापेर ढुक्कले बसेको छु । प्लेनको नाम बताइदिउँ ? त्यो आफै थाहा पाउनुहुनेछ ।‘सिटबेल्ट बाँध्नुस ।’ -को निर्देशनसँगै प्लेनले भुई छाड्दै आकाशिँदैछ भने भर्खरै छाडेको जमीन सानो, अलि सानो, अनि सानो हुदै दृश्य-ओझेल हुदैछ ।
प्लेनले भुई छाडेको केही बेरमै म देखिरहेको छु,- आफ्नै टाउको सीधा माथि पिलिक्क बलिरहेको (सिटबेल्ट बाँधीराख्नु नपर्ने) सांकेतिक बत्ति र त्यो संकेतसँगै चुरीफुरी गरिरहेका एयर होष्टेजहरु । मलाई बोध हुन्छ,- ‘अव भने प्लेनले लिनुपर्ने उचाई लिएर आकाशको गती पक्डियो ।’
खोल्दा हुने भएपछि कम्बरमा कसिएको सिटबेल्ट खोल्छु । ओठमा मुस्कुराहट पोतेर वाम टावल टक्राउन ट्रे तेस्र्याउदै हाजिर हुन्छे परिचारिका । ती परिचारिकाको मुस्कुराहटलाई म यहाँ उसको सार्वजानिक र औपचारीक सिष्टचार भन्न उपयुक्त ठान्दछु । आफ्नो अगिल्तिर तेर्साएको ट्रे बाट एक पिस वाम टावल लिन्छु र अनुहारमा रगेड्न थाल्छु । त्यो वाम टावलले अनुहार पुछेर फ्रेस हुन पाउँदा नपाउँदै सुन्छु,- ‘वियर पाउँदैन दिदी ?’
‘पाउँछ, पहिला फ्रेस त हुनुहोस्’ भनिराखेर परिचारिका वाम टावल सर्भ गर्न ब्यस्त देखिन्छे । लगत्तै वियर सोध्नेको अर्को उत्कण्ठ अभिलाषा चोटिलो गरी कानमा पर्छ- ‘आज झ्याप हुने गरी टन्न दिने हो ।’‘हो त ! त्यतिको पैसा तिरेको छ ।’ प्लेनभित्र वियर पिउने अर्को उकण्ठ आवाज पनि सुनिन्छ । त्यो सही थप्ने पनि उसकै सिट पाट्नर हुन्छ ।
ती यात्रुहरुको संवादबाट प्रष्ट हुन्छ कि राष्ट्रभक्तिले ओतप्रोत भएर उनीहरु राष्ट्रिय ध्वजाबाहक जहाजमा यात्रा गरिरहेका छैनन् । छन् भने एउटै कारण छ, त्यो हो सुलभ फेयरमा पेय पदार्थको सुविधा । उसो त मार्केटिङ्ग एजेन्टहरु नै राष्ट्रिय कम्पनी र राष्ट्रको नागरिक विचमा हुनु पर्ने सम्बन्धको महत्वबोध गराउनु भन्दा बढी यस्तै बिलासिताका सुबिधालाई प्राथमिकतामा राखेर टिकट बिक्री गरिरहेका हुन्छन् ।
संवादहरुले तत्क्षणलाई मेरो ध्यान खिचे पनि अव म आफ्नै छेवको सिटमा धुम्म अनुहार लाएर गजधम्म बसेको अधवैसे तिर केन्द्रित भएको छु । ऊ झ्यालपट्टीको सिटमा छ र घरिघरि झ्याल बाहिरको दृश्य चिहाएजस्तो गर्छ ।
प्लेनले भुई छोड्नु केही समय अगाडिदेखि नै कुम जोडिएको हामी प्लेनले आकासको गति पक्डिसक्दा पनि कुम मात्रै जोडिएको अवस्थामा छौं । हामीवीच औपचारिक या अनौपचारिक त्यस्तो कुनै किसिमको बातचित भएको छैन ।
बस् ! हलचल हुँदा कुम ठोक्किन्छ र आँखा जुध्छ । अधअधबैंसेमसँग बोल्दैन/बोल्न चाहदैन । त्यसो त मैले पनि बोलाएको छैन/बोल्न चाहेको छैन ।‘म नै अघि सरेर किन बोल्ने ? -आधाबैसेलाई लागेको हुनुपर्छ ।’ -भित्री मनले उसलाई घमण्डी बनाइदिन्छु ।
प्लेन बाहिरको वातावरणमा भुकभुके उज्यालो हुँदै गएको देखिँदो छ । अधबैंसेघरि झ्यालबाहिर दृष्टि लगाउँछ र एकोहोरिन्छ । घरि टाउभन्दा सीधा माथिको बत्ति हेर्छ र एकोहोरिन्छ । घरि सीधा अगाडि हेर्छ र एकोहोरिन्छ । झ्यालबाहिर दृष्टि लगाएर एकोहोरिएको बेला म पनि उसको कुमभन्दा माथिल्लो भागबाट बाहिर दृष्टि हुत्याउछु ।
देख्छु – समुन्द्रको लहरमा रगतपिच्छे कलिलो सूर्य कोक्रो हल्लाईमा सुतिरहेको । त्यो दृश्यले म रोमाञ्चित हुन्छु । कुत्कुतिन्छु । उताउलीन्छु । समुन्द्री सतहमा देखिएको उदाउदो सूर्यको छायाँ-दृश्यले म भित्र पारेको प्रभाव अधबैंसेले त्यतिबेला चाल पाउँछ जब दुबैहात कसेर जोर तिख्रामा चेप्दै आवाज निकाल्छु,- ‘आहा…!’
अधबैंसेकुनै तन्द्राबाट ध्यान भंग भए जस्तो गरी आँखा जुधाउछ ‘ओभर एक्साईटेट भएछु !’ चिच्याइसकेपछि मलाई ख्याल हुन्छ र बोल्न बाध्य हुन्छ- ‘सरी ।’‘ईच ओके’ अधबैंसे यसो भन्दैन । क्रोधित पनि हुदैन । बरु मुस्किलले एलाष्टिक मुस्कान दिन्छ र पुनः झ्याल बाहिर चिहाउन मुन्टो घुमाउछ ।
‘ड्रिङ्स के लिनु हुन्छ ?’ परिचारिका देखा पर्छे । तिनी पहिला वाम टावल सर्भ गर्ने हैन अर्कै हुन्छे । उ पहिलाकीले जसरी नै मुखभरीको जागीरे मुस्कान पोख्दै सोध्छे,- ‘चिया, कफि, जुस…?’
‘कफि ।’ म रोज्छु र अधबैंसेलाई कोट्याउँदै ड्रिङ्स सर्भ गर्न आएको संकेत दिन्छु । उ अर्डर गर्नै पर्ने जस्तो गरी बोल्छ,- ‘चिया ।’हाम्रो अर्डर मुताबिक सर्भ गरेर परिचारिका ट्रली अघि बढाउँछे । म आफ्नो कफीको कप उठाउँदै ‘शुरु गरौ’-को संकेत दिन्छु ।
अधबैंसेमेरो आँखामा एकचोटी पुलुक्क हेर्छ र चियाको सुर्को लगाउन सुरु गर्छ । उसको एकोहोरिनेक्रम चिया पिउँदा पनि जारी रहन्छ । अर्थात, म जे जति ख्याल गर्छु, उसको सबै ब्यवहारमा एकोहोरोपन मात्रै भेट्छु ।
मान्छेहरु अनौठो हुन्छन् -स्वभावले । त्यस्तो स्वभावको मान्छेसँग अघि सरेर बोल्नु समस्या निम्त्याउनु जतिकै हो । तर अधबैंसे स्वभावले अनौठो लागिरहेको थिएन मलाई । अनौठो लागेको भनेको उसको ब्यावहार हो । मेरो अनुभवमा त्यस्तो ब्यवहार मान्छेले तव गर्छ जव उसलाई ठुलै संकट आईलाग्छ ।
हो ! यही विन्दुमा आईपुगेर अधबैंसेलाई बित्थामा घमण्डी बनाएँछु भनेर पछुतो मान्छु । ‘अव मैले उ सँग बोल्नु पर्छ । कुरा गर्नु पर्छ । र, यदी उसलाई संकट नै परेको भए पनि कारण जान्नु पर्छ ।’ -मनैबाट निर्णय लिन्छु ।
‘पिउन्जेल मात्तै त यो चियाको स्वाद पनि स्वादिलो हुदो रहेछ नि !’ -कुरो कहाबाट शुरु गरैां ? कसरी शुरु गरौ ? भनेर बहाना खोजिरहेकै बेला अधबैंसेको फतफत मेरो कानमा पर्छ, ।
अधबैंसेको आवाजसँगै म आफूलाई सतर्क बनाउछु । उसको बोलीसँगै आफ्नो ध्यान पनि उ पट्टी खिच्छु र उत्सुकताको कान थाप्छु । उ रित्तो कप हातमा खेलाउदै बोली रहेको हुन्छ,- ‘रितिए पछि त स्वाद कि मिठो कि तितो सम्झना बनेर रहने रहेछ, ठ्याक्कै जिन्दगीको एउटा पाटो जस्तो ।’
‘सही विश्लेषण ।’ निसास्सिएको बस्तुले निकास भेट्टाएजस्तो गरी मेरो कुराहरु आधाबैसेको सामुन्य फुत्तफुत्त निस्किन थाल्छ,- ‘साथी केही क्षण अघिसम्म हामी मलेसियामा थियैां । अव केही समयमै हामी नेपालमा हुनेछौ र मलेसियामा विताएका हरेक पलहरु एउटा सम्झना मात्र हुँदै जानेछ ।’चिया, कफी सँगै हामी औपचारिक चिनपर्ची पनि सक्छौ ।
‘साथी ! के म पागल जस्तो देखिन्छु ?’ मैले साथी भन्देपछि उ पनि सोही सम्बोधन गर्दै सोच्दै नसोचेको सवाल गर्छ र मलाई नै संकटमा पार्छ । उसको ब्यवहार त मलाई अनौठो लागेकै हो । उसले गर्ने हरेक कृयाकलापमा पागलपनको लक्षण देखेको हुँ तर उ पागल नै हुनसक्छ भन्ने ठम्याई थिईन । म अक्क न बक्क हुन्छु
‘यसको खुस्कियो, बौलायो, -भन्नेहरुले ठिकै भनेका रहेछन् । प्लेन भित्र पसे देखि नै तिमीले पनि मलाई धेरै विचार गर्यौ । तिमीलाई पनि त्यस्तै नै लागेको रहेछ ।’ भनेर अधबैंसेआफ्नै अनुहारमा अलकत्र छेप्न खोज्छ । र, निधौरो स्वरमा बोल्छ,- ‘तर पागल हुईन भन्नेमा म दृढ छु ।’
‘म अधबैंसेप्रति केन्द्रित भएर उसको गतिविधी नियाली रहेछु, जसको आभाष उसलाई छैन ।’- मलाई लागेको थियो तर म भ्रममा रहेछु । आधाबैसे ममाथि आफूले गरेको निगरानी छताछुल्ल परिदिन्छ । ‘मैले अरु कसैमाथि नजर राख्दा, अरु कसैले म माथि पनि नजर राखी राखेको हुन्छ’ भन्ने शुद्धि नभएकोमा मलाई लज्जाबोध हुन्छ र लाजले मुख रातो पार्दै बोल्छु,- ‘साथी ! मैले त्यस्तो अशुभ सोचेको छुइँन, खाली तिम्रो ब्यवहार अनौठो लागेको मात्रै हो । सायद म गलत छुइँन भने तिमी कुनै संकटमा चाहिँ पक्कै छौ ।’
‘पिउन्जेल मात्तै त यो चियाको स्वाद पनि स्वादिलो हुदो रहेछ नि !’ -कुरो कहाबाट शुरु गरैां ? कसरी शुरु गरौ ? भनेर बहाना खोजिरहेकै बेला अधबैंसेको फतफत मेरो कानमा पर्छ, ।
अधबैंसेको आवाजसँगै म आफूलाई सतर्क बनाउछु । उसको बोलीसँगै आफ्नो ध्यान पनि उ पट्टी खिच्छु र उत्सुकताको कान थाप्छु । उ रित्तो कप हातमा खेलाउदै बोली रहेको हुन्छ,- ‘रितिए पछि त स्वाद कि मिठो कि तितो सम्झना बनेर रहने रहेछ, ठ्याक्कै जिन्दगीको एउटा पाटो जस्तो ।’
‘सही विश्लेषण ।’ निसास्सिएको बस्तुले निकास भेट्टाएजस्तो गरी मेरो कुराहरु आधाबैसेको सामुन्य फुत्तफुत्त निस्किन थाल्छ,- ‘साथी केही क्षण अघिसम्म हामी मलेसियामा थियैां । अव केही समयमै हामी नेपालमा हुनेछौ र मलेसियामा विताएका हरेक पलहरु एउटा सम्झना मात्र हुँदै जानेछ ।’
‘साथी ! के म पागल जस्तो देखिन्छु ?’ मैले साथी भन्देपछि उ पनि सोही सम्बोधन गर्दै सोच्दै नसोचेको सवाल गर्छ र मलाई नै संकटमा पार्छ । उसको ब्यवहार त मलाई अनौठो लागेकै हो । उसले गर्ने हरेक कृयाकलापमा पागलपनको लक्षण देखेको हुँ तर उ पागल नै हुनसक्छ भन्ने ठम्याई थिईन । म अक्क न बक्क हुन्छु ।‘मटन, चिकेन के लिनु हुन्छ ?’ अधबैंसेको आवाजलाई पछार्ने गरी नारी स्वर फेरि कानमा पर्छ । उस्तै मुस्कानका साथ उसैगरी परिचारिका खाना सर्भ गर्न सामुन्यमा उभिएकी हुन्छे ।
‘म जुन अफिसमा काम गर्थे, त्यही अफिसको पछाडि सानो कोठामा बस्थे । भनैां न मेरो होष्टल भन्नु त्यही सानो कोठा थियो । अफिसको दाँयापट्टी अलिसान बंगला थियो । मैले काम गर्ने अफिस घर र त्यो बंगला अलग गराउनलाई एकफिट चौडा पर्खाल साँध बनेर डेढमान्छे उचाइमा उभिएको थियो । हो, त्यही अलिसान बंगलाको बगैंचामा उमि्रएर साँधको पर्खालमा ढेपिदै उभिएको मेवाको बोटले सधै मेरो मन खिच्थ्यो । म आँखा लाउथे । विहान काममा जाँदा पाक्न लागेको मेवा एकपटक गन्ती गर्थें र थुक निल्दै डिउटीमा जान्थें ।
पाकुँला-पाकुँला अवस्थामा विहान देखी छाडेको मेवा बाह्र घण्टे डिउटी सकेर फर्किँदा बोटबाटै हराइसकेको हुन्थ्यो र अमिलो मुख बनाउँदै कोठा पस्थेँ । यो क्रम करिव दुई बर्ष चलिसकेको थियो । ती दुई बर्षमा लोभी नजरले अनगिन्ती पटक मैले मेवाको बोटलाई हेरेको थिएँ । कहिले त लाग्थ्यो, हात लामो गरौं, दुईचारवटा टिपुँ र धितमरुन्जेल खाऊँ । तत्कालै ‘पाक्न लागेको मेवाको निगरानी ती बंगलाका मान्छेहरुले पनि त गरी राखेका होलान नि !’ ठान्थें र लम्किसकेको हात बाँधेर टोलाउथेँ । मेवा फुल्थ्यो, फल्थ्यो, पाक्थ्यो र हराउथ्यो ।’
‘एकदिन अचम्मै भयो । विहान डिउटी जाने क्रममा सोच्दै नसोचेको दृश्य देखा पर्यो । मेरो मनलाई लोभ्याउँदै पाक्ने मेवाको बोट भाँचिएर अफिसघरको छानोमा कुच्च्रुक्क परेको थियो भने एकफिटे चौडाइको पर्खालले चाँही दह्रो गरी उभिएर काँध दिइरहेको थियो । अफिस खुलेपछि रिपोर्ट गरें । अफिसले कम्ल्पेन गर्यो । केही समय पछि एकजना नाङ्गो खुकुरी टल्काउँदै आयो ।
उसको पछि पछि बाल्टी बोकेर मेवा बटुल्न अर्की केटी आई । केटी देखेपछि मेरो आँखा चम्चमाउन थाल्यो । केटीको रुप भन्दा बैंसको सुन्दरतामा लठ्ठीदै थिएँ म । मेरो मनोदशा बुझेकी केटी पनि घरिघरि आँखा सन्काउँदै मेवा बटुलबाटुल गर्न थाली । खुकुरी बोकेर आउने मान्छेले मेवाको बोट कुड्का कुड्का पार्दै फालीसकेपछि उनीहरु हाम्रो अफिसको कम्पाउन्डबाट बाहिरिए । बाहिरिने क्रममा मेवाले भरिएको बाल्टी सकी नसकी बोकेकी केटीको हातमा सबैको आँखा छलेर कागजको चिट्करा थमाइदिएँ र भने,- ‘कल मी, ओके !’
‘त्यसपछि के भयो ?’ -स्रोता म जिज्ञासु नजरले अधबैंसेलाई हेर्छु । अधबैसे पनि अतीतलाई वर्तमानमा उतारेर रोमान्चित हुदै गएको देख्छु । उत्तिकै उत्साहले उ प्रवाहित हुन्छ- ‘त्यसपछि ! केही मिनेटको अन्तरालपछि नै मेरो मोवाईल बज्यो । हेरें नयाँ नंम्बर डिस्प्ले भइरहेको थियो । रिसिभ वटम दबाउन नपाउँदै रिङ बन्द भयो । उसैले गरी भन्नेमा म विश्वास्त थिएँ र तुरुन्तै कल ब्याक गरें ।’
‘सरी ! नो क्रेडिट लाह् ।’ उताबाट मलायु टङमा लाडिएको स्वर आयो । मैले पनि भाषा मलायुमा नै जवाफ फर्काएँ । भने,- ‘केही छैन । बरु तिम्रो नाम भनन !’
‘नाडिया ।’ उसले यो पनि भनी,- ‘कल मी डीया ।’ र, अंग्रेजी भाषाको पनि दख्खल भएको संकेत गर्न खोजी,- ‘आई एम इन्डोन ।’
‘नाईस नेम ।’ मैले पनि अंग्रेजी जान्दछु को संज्ञा दिएँ । र, भने- ‘तर, म तिमीलाई दीया भनेर बोलाउछु, हुन्छ ?’‘दीया…?’ मैले दिएको नामलाई ठ्याक्कै उच्चारण गर्न सकिन । उसले आनाकानीको अ.अ.अ.निकाली ।
‘डीया र दीया लगभग उच्चारणमा उस्ताउस्तै सुनिने शब्द(नाम) हो । तर, दीया उच्चारण गर्दा म खाट्टी नेपालीपन पाउँछु ।’ भनेर भन्दिए पछि उसले मुस्किलले बोली,- ‘बोलेह ।’
उसको सहमतिले आफूलाई चरम खुशी महसुस गराएको ढोँगी लवजमा मैले भने,- ‘दीया ! मलाई तिमी राम्री लाग्यौ ।’
हामीले जस्तो उक्तिको प्रयोग ईन्डोनहरु पनि गर्दा रहेछन् -चाल पाएर म खित्का छाड्न के लागेको थिएँ, चोटिलो आवाजमा दियाले सोधी,- ‘यु फष्ट ?’‘रबी । नेपाली हुँ ।’ पनि भन्दिएँ ।‘भाषा(मलायु) राम्रो बोल्दा रहेछौ ।’ ऊ पनि उकास्न माहिर रहिछे । सोधी,- ‘मलायु गर्लफ्रेण्ड छ हो ?’‘पान्डाई यु ।’- उसले फोन काटी । एकछिन पछि म्यासेज पठाई, -‘सरी अहिले म धेरै बिजी छु । पछि मिस कल गर्छु अनि कल गर्नु ।’
‘एक रात म निदाउनै लागेको थिएँ । दीयाले कल गरी ।’ केही समयपछि ढल्पलाउँदै गरेको आँशुलाई आँखाको डिलमै किचिमिची पारेर अधवैसेले रहस्योद्घाटन गर्न खोज्यो,- ‘भनी, अहिले नै तिमीलाई भेट्नुछ । जसरी हुन्छ, कम्पाउण्डको पछिल्लो भागतिरको पर्खालमा त्यतापटिबाट भर्याङ लगाऊ । म तिमीलाई भेट्न आउँछु ।’
‘रात-बिरात, अझ भनैा ज्यानकै जोखिम मोलेर त्यसरी अपहत्ये गरी भेट्नुपर्ने जरुरी के पर्यो ?’ मैले सोध्नै पाइँन । दीयाले नै भनी,- ‘रबी ! तिम्रो जागिर दाउमा राखी रा’छु, भन्ने थाहा छ । तर, मसँग अर्को विकल्प छैन । यदि तिमीले त्यो हिम्मत गर्न सकेनौ भने सम्भवत हाम्रो भेट हुने छैन ।’
‘कस्तो अपहत्ये !-लाग्दालाग्दै पनि दीयाप्रतिको माया उर्लिएर आपतका डरहरु हुत्याई लग्यो । उसले भनेको ठाउँमा भर्याङ लगाइदिएर मैले सहासी प्रेमीको प्रमाण पेश गरेँ । दीया मेरो कोठामा आई र मेरो काखमा घोप्टिएर घुक्घुकाउन थाली ।
‘किन त्यसरी आतिएकी ? त्यस्तो के अनिष्ट आइलाग्यो हाम्रो प्रेममा ?’ जलमग्न आँखामा आँखा जुधाएर मैले सोधें ।
दीयाले मेरो जिज्ञासु आँखामा आँखा जुधाइराख्न सकिन । र, च्याप्पा अंगालो हाली । आँखामा चुम्बन गरी । गालामा चुम्बन गरी । ओठमा चुम्बन गरी । अनि ओठ कपाउँदै थरथराउँदो आवाज निकाली,- ‘रवी ! तिम्रो हरेक अंगअंगमा म समाविष्ट हुन चाहन्छु ।’
‘साथी हाम्रो हिमालले हामीलाई स्वागत गरिरहेको छ, उ हेर त !’ म हिमाल देखाएर अधबैंसेलाई नेपाल प्रवेश गराउन खोज्छु । तर, उसमा त्यस्तो कुनै उत्साहित कौतुहलता प्रकट हुँदैन । मलाई विश्वास भयो – ‘तनमात्रै लिएर आउनेलाई आफ्नो माटोको सौन्दर्यले नखिच्दो रहेछ ।’
साच्ची नै रवीको अनुहारमा खुशीका धर्साहरु देखिएनन् । बरु मलेसिया छाड्नुपर्ने बाध्यता बारे मलाई प्रष्ट पार्न भन्दै गयो,- ‘मलाई मलेसियामा छाडीराखेर उ त गई, तर मेरो सिंगै मन आफूसितै लगी । मणी हराएको सर्प कस्तो हुन्छ ? हो, हृदय हरण भएपछि म त्यस्तै भएँ । दीयासँग बिताएका समय-भूतले मलाई रातोदिन लखेटिरहन्थ्यो । र मैले मलेसिया छाड्ने निर्णय गरेँ ।’
म सुनिरहेको थिएँ,- आफ्नो देश फर्किएको एक महिनापछि दीयाले कल गरी । सन्चो बिसन्चो सोधी । अन्तमा भनी, मेरो महिनावारी रोकियो । भर्खर चेकअप गराएर घर फर्केको । गर्भ बसेको पक्का भयो । म तिम्रो बच्चाको आमा बन्ने भएँ ।’
‘मेरो बच्चा !’ खुशी र विष्मत मिसिएको सुस्केरा मबाट फुस्कियो । चट्याङले श्रवणशक्ति क्षीण बनाएजस्तो कानभित्र टि…को आवाजमा मधुरो गरी दीयालाई सुने -धत् तेरिका !जीवन देवान गाउँले
मलाई भने अधवैसेको कुराले भन्दा आफ्नै माटोको सुगन्धले खिच्दै थियो । मनले त त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा मेरो आगमन कुरिरहेका आफन्तलाई भेटिसकेको थियो । हवाई जहाज भन्दा पनि द्रुत गतिमा उड्दो रहेछ मन,पत्याउदै थिएँ । यति हुँदाहुँदै पनि अधवैसेको कुरा सुन्न कानलाई चाही फुर्सद थियो ।

No comments:
Post a Comment