राजधानीमा बढे स्क्रब टाइफसका बिरामी, यस्ता छन् लक्षणहरु… - KTV Khabar

Breaking

राजधानीमा बढे स्क्रब टाइफसका बिरामी, यस्ता छन् लक्षणहरु…

;

 

काठमाडौं, भदौ ३ । केही वर्षअघिसम्म पहाडी इलाका र गाउँमा देखिने स्क्रव टाइफस अहिले राजधानी काठमाडौंमा देखिन थालेको छ । पछिल्लो समय उक्त स्क्रव टाइफसका विरामी अस्वभाविक रुपमा नै बढ्दै गएका शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले जनाएको छ ।
गत ४ दिनभित्रमा काठमाडौंमा १७ जनालाई स्क्रब टाइफस भएको पुष्टि भएको अस्पताल स्रोतले जनाएको छ ।
अचानक काम उच्च ज्वरो आउनु, टाउको दुख्नु, शरीरमा बिमिरा देखिनु, आँखा रातो हुनु, खोकी लाग्नु, पसिना आउनु र ग्रन्थी सुन्निनु स्क्रब टाइफसका लक्षण रहेका छन् ।
यी लक्षण देखिए तत्काल उपचार गराएर डक्सी साइकिलिन एन्टिवायोटिक क्याप्सुल खाए ४८ घण्टामा निको हुने तर उपचार नगरे ज्यानै जाने जोखिम हुने डाक्टरहरुको भनाई छ ।
समयमा उपचार नगरे ज्वरो बढ्दै गएर मृगौला, फोक्सो, मुटुमा असर हुँदैपछि श्वास प्रश्वासमा समस्या भई बिरामीको ज्यानै जान सक्छ ।
रोग सार्ने किरा जाडो र गर्मी महिनाको तुलनामा वर्षायाममा बढी सक्रिय हुने भएकाले वर्षातको समयमा स्क्रब टाइफसका बिरामी बढ्ने सरुवारोग विशेषज्ञहरुको भनाई छ ।

एभरेष्ट दैनिकको सहयोगमा

No comments:

Post a Comment