अमेरिकासँगको युद्धमा कति समय टिक्न सक्छ उत्तर कोरिया ? - KTV Khabar

Breaking

अमेरिकासँगको युद्धमा कति समय टिक्न सक्छ उत्तर कोरिया ?

;

बीबीसी। उत्तर कोरियाले बुधबार प्रशान्त महासागरमा अमेरिकी द्वीप गुआममा आक्रमण गर्ने धम्की दिएपछि दुई देशबीचको तनाव उत्कर्षमा पुगेको छ।

दुवै देशकातर्फबाट भड्किलो बक्तव्य आइरहेका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार उत्तर कोरियाले आफ्नो आक्रमक व्यवहार नछोड्ने हो भने आजसम्म कसैले नदेखेको स्थितिको सामना गर्नुपर्ने चेतावनी दिएका थिए। उत्तर कोरिया विरुद्ध ट्रम्पको आक्रोश रोकिएको छैन। र उनले बुधबार पनि अमेरिकी परमाणु हतियारका विषयका ट्विट गरेका थिए।

ट्रम्पले आफ्नो ट्विटमा भनेका छन्, ‘राष्ट्रपतिका रुपमा मेरो पहिलो आदेश परमाणु हतियारलाई चुस्त दुरुस्त राख्नु भन्ने हो। यी हतियार पहिला भन्दै धेरै शक्तिशाली छन्। आशा गरौं हामीलाई यी हतियारको प्रयोग कहिल्यै गर्न नपोस्।’ ट्रम्पको सो घोषणापछि एउटा प्रश्न उठेको छ, आखिर अमेरिकासँग कति मात्रामा आणविक हतियार छन् ? यी हतियारको क्षमता कति छ र उत्तर कोरिया अमेरिकासामु कतिसमयसम्म टिक्न सक्छ ?

No comments:

Post a Comment