रसुवामा महिला सिडिअाे - KTV Khabar

Breaking

रसुवामा महिला सिडिअाे

;


कार्यभार सम्हाल्न मंगलबार धुन्चे अाइपुगेकी नयाँ सिडिअाे हिरादेवी पाैडेललाई टीका लगाएर स्वागत गर्दै सहायक सिडिअाे स्मीता पाैडेल।

 

रसुवा—रसुवामा पहिलो पटक प्रमुख जिल्ला अधिकारी (सिडिअाे) महिला आएकी छिन्। जिल्लामा ३६ औँ सिडियोको रुपमा बुधबार हिरादेवी पौडेल आएकी हुन्। उनले बुधबारदेखि नै कार्यभार सम्हालेकी छिन्।
यसअघि गृहमन्त्रालय कार्यरत पौडेललाई गत बुधबार गृह मन्त्रालयले रसुवाको सिडियोको रुपमा सरुवा गरेको थियो।
यसभन्दा अगाडि जिल्लामा कार्यरत प्रजिअ चोमेन्द्र न्यौपाने गृह मन्त्रालय सरुवा भएका छन्। रसुवामा सहायक प्रमुख जिल्ला अधिकारी स्मीता पौडेल छिन्। प्रमुख जिल्ला अधिकारीमा महिलाको आगमनसँगै जिल्लाको प्रशासनिक नेतृत्व महिलाका काँधमा पुगेको छ।

नागरिक न्यूजबाट

No comments:

Post a Comment