मोरङ । मोरङको एक विधलयका विद्यार्थीले हावाबाट चल्ने अटोरिक्सा बनाएका छन्। बुढीगंगा गाउँपालिकामा रहेको मनमोहन स्मृति पोलिटेक्निकका विद्यार्थीले उक्त रिक्सा बनाएका हुन्। मेकानिकल विभागका विद्यार्थीले एक वर्षको अबधिमा बनाएका उपकरणहरु सार्वजनिक गर्दै एक्सिलेटर भएको साइकल र हावाबाट चल्ने नमुना उपकरण देखाएका छन्। मेकानिकलका
विद्यार्थीले बनाएको हावाबाट चल्ने क्षमता भएको अटो रिक्साले सबैलाई आकर्षण गरेको छ। विद्यार्थीले हावाबाट चल्ने अटो रिक्सामा बुढीगंगा गाउँपालिकाका अध्यक्ष बालचन्द माझीलाई घुमाए पनि। विद्यार्थीले अटोरिक्सा आफैले एक लाख रुपैयाँ खर्च गरेर उक्त रिक्सा बनाएको बताएका छन्। ४ जना चढ्न मिल्ने रिक्सा बनाउन उनीहरुलाई एक वर्ष लागेको पोलिटेक्निकले जनाएको छ।
विद्यार्थीहरुले सामान ओसार्ने मेसिन, एक्सिलेटरबाट कुदाउन मिल्ने साइकलन समेत बनाएका छन्। १ सय ९२ जना विद्यार्थीले आफ्नो प्रोजेक्ट अन्तरगतका कार्यक्रम तयार पारेका थिए।

The post ल हेर्नुस नेपालमै पहिलोपटक मोरङका विद्यार्थीले बनाए हावाबाट चल्ने अटो रिक्सा appeared first on Daleema News.
No comments:
Post a Comment