काठमाडौं। पछिल्लो समय अनलाइनबाट सामान किन्ने प्रचलन बढ्दै गएको छ । तर यसरी अनलाइन अर्डर दिँदा कहिलेकाहीँ सोच्दै नसोचेको घटना हुन जान्छन् । यस्तै भएको छ भारतको झरखंडका एक युवकलाई ।
भारतीय अनलाइन समाचार पोर्टल दैनिकभास्करडटकमले जनाएअनुसार रमेश महानंद नाम गरेका ती युवकले अनलाइन शपिङको माध्यमबाट मोवाइल फोन अर्डर गरेका थिए । अर्डर अनुसार उनको घरमा पार्सल पनि आयो । उनले पोस्ट अफिस गएर पैसा तिरेर पार्सल पनि लिए । घर आएर जब उनले पार्सल खोले त्यसपछि भने उनी जिल्ल परे ।
त्यो पार्सलको बट्टाभित्र भगवान श्रीगणेश र लक्ष्मीको मूर्ति र लकेट निस्कियो । रमेश महानंदका अनुसार उनले टेलिशपिङ एजेण्टको मोवाइल नम्बरमा फोन गरेर एमआइ–४ मोवाइल फोनको अर्डर दिएका थिए । पार्सलमा गलत सामान आएपछि उनले पटक पटक ती एजेण्टको नम्बरमा फोन गरे तर त्यो फोन नउठेको उनले बताएका छन् ।
भिडियो सहित हेर्नुहोस !

No comments:
Post a Comment