मध्यरातमा नेपाली सेनाको बदनाम गर्दै भारतीय मिडियाहरु, हेर्नुहोस् नेपाली सेनाको कामले भारतमा रुवाबासी! - KTV Khabar

Breaking

मध्यरातमा नेपाली सेनाको बदनाम गर्दै भारतीय मिडियाहरु, हेर्नुहोस् नेपाली सेनाको कामले भारतमा रुवाबासी!

;

काठमाण्डौ । नेपाली सेनाभित्र उसको आफ्नो आन्तारिक सञ्चार प्रणालीबारे गरेको एउटा तयारीको विषयलाई लिएर एक भारतीय मिडियाले शंकास्पद टिप्पणी गरेको छ । नेपाली सेनाले आफ्नो छुट्टै रेडियो स्टेशन चलाउन लागेको र त्यसले नेपालमा भित्री रुपमा हंगामा मच्चाइरहेको भन्दै बीबीसी हिन्दीले सो टिप्पणी गरेको हो

उसले नेपाली सेनाले माओवादी द्धन्द्धकालदेखिनै रेडियो स्टेशन चलाउने तयारी गरिरहेको र पछिल्लो समयमा सदुरपश्चिमको दिपायलमा एफएम स्टेशन खोल्ने तयारी गर्दा समेत उसको गतिविधि प्रति शंका गर्दै उक्त कामको आलोचना भैरहेको भन्दै छिमेकी मुलुकको सेनाको बदनाम गराउने नियतबाट समाचार सम्प्रेषण गर्न खोजेको देखिन्छ ।

सेनालाई सन् २०१६ मा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले रेडियो स्टेशन स्थापना गर्न मञ्जुरी दिएपनि सेनाको सो कार्यप्रति उल्टै शंका गरिएको भन्दै बीबीसी हिन्दी अनलाइनका अखिल रञ्जनले विश्लेषणात्मक टिप्पणी गरेका हुन् ।बीबीसीले लेखेको छ,‘आन्तारिक योजना अनुसार नेपाली सेनालाई पछिल्लो समयमा नेपालका सातवटै प्रदेशमा रेडियो स्टेशनहरु चलाउन दिने तयारी गरिएको छ । नेपाली सेनाले यसलाई विशुद्ध आफ्नो संगठनका गतिविधिहरु प्रसारण गर्ने जनाइरहेको छ । तर यही बीचमा सवाल उठ्छ, नेपाली सेनाले स्वतन्त्र ढंगले समाचार सम्प्रेषण गर्नका लागि भन्दै एफ एम स्टेशन स्थापना गर्ने भनेर के गर्न खोजिरहेको छ ?

समाचार टिप्पणीमा बीबीसीले नेपाली सेनाले जसरी अहिले आफ्नो ढंगले रेडियो स्टेशनहरु सञ्चालन गर्न खोजिरहेको छ, त्यो कदमको फ्रिडम फोरम लगायतका संस्थाहरुले विरोध समेत गरिरहेको भन्दै सेनाको आन्तारिक योजनामाथि उल्टै शंकास्पद टिप्पणी गरेको छ । उसले काठमाण्डौबाट निस्कने काठमाण्डौ पोष्टमा प्रकाशित हुँदै आएका समाचारहरुलाई समेत उल्लेख गर्दै नेपाली सेनाको सो कदमबारे शंकास्पद भ्रम छर्न खोजेको देखिन्छ ।

काठमाण्डौ पोष्टमा सन् २००६ मा नेपालमा द्धन्द्ध चरमउत्कर्षमा पुगेका बेला पनि नेपाली सेनाले आर्मी रेडियो स्टेशन शुरु गर्ने योजना बनाएको र त्यसबेला रेडियो स्टेशन सञ्चालन गर्ने इजाजत पाएपनि आन्तरिक मतभेदका कारण सो काम हुन नसकेको भन्ने खबरको आड लिँदै बीबीसीले त्यसको विरोध भएको तर अहिले सेनाले त्यसबेलाकै योजनालाई निरन्तरता दिन लागिएको भन्दै समाचार विश्लेषण गरेको छ ।बीबीसीले दक्षिण एसियामा नेपाली सेनाले जस्तै पाकिस्तान र थाइल्याण्डको सेनाले पनि यसरी स्वतन्त्र रुपमा रेडियो स्टेशन चलाउँदै आएको दाबी गर्दै नेपाली सेनाले चलाउन लागेका रेडियो स्टेशनहरुमाथि उल्टै नेपाली जनताले शंका गरेको आरोप लगाएको छ ।

बीबीसी हिन्दीको योजना नेपाली सेनाको छबि धमिल्याउन बीबीसीले गरेको यो टिप्पणी नेपाली सेनाको छबि धमिल्याउने नियतबाट गरिएको देखिन्छ । किनभने उसले दक्षिण एसियामा पाकिस्तानी सेनासँग र नेपाली सेनालाई तुलना गर्दै यो काम गरेको भन्दै नेपाली सेनाको आफ्नो निजी मामलाप्रति तिखो टिप्पणी गर्न नसुहाउने विषय हो । किनभने यसबेला पाकिस्तान र भारतीय सेना खुल्ला रुपमा दुश्मनी मोलेर युद्ध मैदानमा लडिरहेका सेना हुन् ।

त्यसैले यो समाचार टिप्पणीमा नेपाली सेनाको बदनाम गर्न खोजेको देखिन्छ । नेपालमा भने सेनाले सुरु गरेको यो कामप्रति त्यति धेरै खबर बाहिर आएको छैन । तर भारतीय मिडियाहरुले भने यसरी रेडियो तरंगका बारेमा विशेष ढंगले सामाचार बाहिर ल्याउनुमा भारतको आफ्नै सुरक्षा स्वार्थ भएको समेत अनुमान लगाउन सकिन्छ ।

त्यस्तै उसले फ्रिडम फोरमको आड लिँदै नेपाली सेनाले सुरु गरेको यो काम हाँस्यास्पद भएको र सेनाको यो कदमले जनताको अधिकार हनन् हुनसक्ने भन्दै समाचार विश्लेषण गरेको छ । यसले भारतीय मिडियाहरु यसबेला नेपाल र त्यसको सुरक्षामा तैनाथ नेपाली सेनाका विवादास्पद कुराहरु बाहिर ल्याएर विवादमा ल्याउन उद्धत छन् भन्ने कुरा स्पष्ट हुन्छ ।

उत्तरी छिमेकी चीनसँग सीमा विवादमा मुछिएको भारत र उसका मिडियाहरुले नेपाली सेनामाथि किन यसरी एक्कासि निशाना लगाउँदैछन् र खोजी–खोजी विवादास्पद समाचार बाहिर ल्याउँदैछन् ? यो विषयमा नेपाल र नेपाली सेना सतर्क हुनुपर्ने सुरक्षाविद र परराष्ट्रविदहरुको प्रतिक्रिया दिन थालेका छन् ।

No comments:

Post a Comment