पोखरा महानगरको कार्यालयका लागि माटेपानीमा जग्गा छनौट - KTV Khabar

Breaking

पोखरा महानगरको कार्यालयका लागि माटेपानीमा जग्गा छनौट

;

पोखरा । पोखरा लेखनाथ महानगरपालिकाले नयाँ कार्यालय भवनका लागि जग्गा छनौट गरेको छ। महानगरको सातौं कार्यपालिका बैठकले १२ नम्बर वडास्थित पशु सेवा कार्यालय परिसरलाई उपयुक्त ठहर गरी जग्गा प्राप्तिका लागि आवश्यक काम अगाडि बढाउने निर्णय गरेको हो। नगरपालिकाको पहिलो बैठकले १७ नम्बर वडाका अध्यक्ष तीर्थराज आचार्यको अध्यक्षतामा तीन सदस्यीय जग्गा पहिचान समिति गठन गरेको थियो।

समितिकै सिफारिसका आधारमा जग्गा छनौट गरिएको महानगरका मेयर मानबहादुर जिसीले जानकारी दिए। ‘अहिलेको कार्यालय उपमहानगर बनेदेखि नै साँघुरो भैसकेको हो। महानगर बनेपछि त काम चलाउन पनि कठिन छ’९उनी भन्छन्९‘अब कम्तीमा सय वर्षलाई धान्ने गरी कार्यालय बनाउनुपर्छ। हामी त्यसैको तयारीमा छौं।’

अहिलेको कार्यालय २०३८ सालमा निर्माण भएको हो। २०१६ सालमा पहिलो पटक फूलबारीस्थित हाल नेपाली सेनाको ब्यारेक रहेको ठाउँमा नगर पञ्चायत कार्यालय थियो। नगरपालिका गठन भएको झण्डै ६० वर्षमा तेश्रो पटक नयाँ भवन निर्माणको प्रक्रिया शुरु भएको छ।

जग्गा खोजविन समितिले भेटेरिनरीसहित नयाँबजारस्थित दमकलको कार्यालय रहेको जग्गा र नदीपुरस्थित नगर प्रशिक्षण केन्द्र भएको ठाउँलाई उपयुक्त भनि सिफारिस गरेको थियो। तीन विकल्पमध्ये बिहीबारको बैठकले भेटेरिनरीको परिसरमा कार्यालय सार्ने निर्णय गरेको हो। ‘शुरुमा नगरका विभिन्न १२ वटा ठाउँ प्रस्ताव भएको थियो। हामीले स्थलगत अध्ययन गरेर तीनवटालाई कार्यपालिका बैठकमा पेस गर्‍यौं’ समितिका संयोजक आचार्यले भने९‘बैठकमा छलफल गरेर भेटेरीनरी भएको जग्गामा सहमति जुटेको छ। अब आवश्यक प्रक्रिया कार्यपालिकाले अगाडि बढाउने छ।’

समितिले मालेपाटनको बागवानी अनुसन्धान केन्द्र, रेशम खेती भएको जग्गा, पृथ्वीचोकस्थित शान्तिवनको दमकल रहेको ठाउँ, वडा नम्बर ७ को गल्फ कोर्स, भेटेरिनरीको कार्यालय परिसर, सशत्र प्रहरी बलको परिसर, नगर प्रशिक्षण केन्द्र नदीपुर, चिसाखोला, भेंडीफारम, टुरिस्ट बसपार्कलगायत ठाउँलाई केन्द्रमा राखेर अध्ययन गरेको थियो।

करिब साढे दुर्इ महिनाको अध्ययनपछि जग्गा निक्यौर्ल गरिएको आचार्यले बताए। कार्यपालिकाबाट निर्णय भएकाले नगरपालिकाले तत्कालै जग्गा प्राप्तिका लागि सम्बन्धित निकायमा प्रस्ताव पठाउने मेयर जिसी बताउँछन्। ‘हामीले उपयुक्त जग्गा पायौं। अब जग्गा प्राप्ति प्रक्रिया शुरु हुन्छ’९उनले भने९‘सम्बन्धित निकायसँग अनुरोध गरेर जतिसक्दो छिटो हाम्रो नाममा जग्गा ल्याउँछौं र भवन निर्माण थाल्छौं।’

उनले दुर्इ वर्षभित्रै कार्यालय सार्ने गरी काम गर्ने प्रतिबद्धता जनाए। नगरपालिकाको आकार निकै ठूलो भएकाले यही संरचनामा सेवा प्रवाहमा बाधा हुने विज्ञको सुझाव छ। चुनावमा सहभागी सबैजसो राजनीतिक दलले पनि घोषणापत्र तयार गर्दाताका पहिलो घोषणा नै भवन निर्माणलाई प्राथमिकता दिएका थिए। परिमार्जित संरचनामा सबैजसो विषयगत कार्यालय स्थानीय तहकै मातहतमा रहने भएकाले सबै कार्यालय अट्ने गरी भवन निर्माण गर्नुपर्छ।

यसका लागि करिब एक सय रोपनी जमिन आवश्यक पर्ने जानकारहरू बताउँछन्। ‘महानगरपालिकामा सरकारको स्वायत्त निकाय हुन्छन्, जिल्ला तहको प्रहरी९अदालत सबै त्यसैभित्र उटाउने खालको कार्यालय बनाउनुपर्छ’९समाजशास्त्री विश्व सिग्देल भन्छन्९‘सेवा प्रवाहकै लागि पनि कम्तीमा सय रोपनी जमिन चाहिन्छ। नगरपालिकाको छनौट सबैभन्दा वेष्ट हो।’ पहिचान भएको भेटेरीनरी परिसरमा ९९ रोपनी जग्गा छ। नयाँ कार्यालय निर्माणका लागि भेटेरीनरी परिसरबाहेक अरु विकल्पै नभएको उनले बताए।

नगरपालिकाको नाममा जग्गा प्राप्त भए यसै आर्थिक वर्षभित्र टेण्डर आह्वान गरेर आगामी आर्थिक वर्ष २०७५र७६ भित्र भवन बनाइसक्ने नगरपालिकाको योजना छ। २०१६ सालमा नगरपालिकाको रूपमा गठन भएको पोखरा २०५२ सालमा उपमहानगर हुँदै २०७३ सालमा महानगपालिका बनेको हो। चार सय ६४ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको महानगरका हाल चार लाख २५ हजार बढी सेवाग्राही छन् ।

No comments:

Post a Comment