गृहमन्त्री शर्मा हेलिकप्टरमा सयर गर्दै ! पीडितको उद्धार गरिएन - KTV Khabar

Breaking

गृहमन्त्री शर्मा हेलिकप्टरमा सयर गर्दै ! पीडितको उद्धार गरिएन

;

काठमाडौं, ३० साउन । पश्चिम नेपालका बाँके, बर्दिया, दाङ र कैलाली जिल्लाका बाढी–डुबान पीडित राहतको पर्खाइमा छन् । डुबानग्रस्त कतिपय क्षेत्रका स्थानीयको उद्धारसमेत हुन सकेको छैन ।

आइतबार गृहमन्त्री जनार्दन शर्माले प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरे ।

नेपाली सेनाका हेलिकोप्टर पनि दिनभर परिचालन भए । तर, बाढीपीडितको उद्धार हुन सकेन । नागरिक दैनिकले समाचार छापेको छ ।

बर्दिया, खैरीचन्दनपुरको मझरा टप्पामा ४६ घरधुरी फसेका छन् । उनीहरू ४८ घण्टादेखि उद्धारको प्रतीक्षामा छन् ।

स्थानीय रामबहादुर चौधरीले हेलिकोप्टरलाई हात हल्लाएर उद्धार गर्न संकेत गरे पनि फर्केर गएको बताए । ‘हामी शनिबार दिउँसोदेखि यहीँ छौं’, उनले टेलिफोनमा भने, ‘कहिलेसम्म बस्नु पर्ने हो थाहा छैन ।’

ठाकुरद्वारा, बारबर्दिया, मधुवन, गुलरिया र बासगढी नगरपालिकाका बाढीपीडित रुख र विद्यालयको छतमाथि उद्धारको पर्खाइमा बसिरहेका छन् ।

No comments:

Post a Comment