किचनमा फेला परे करण र रमिला - KTV Khabar

Breaking

किचनमा फेला परे करण र रमिला

;

 

काठमाडौं । गायिका निशा देशारको स्वर रहेको ‘मनभरि तानाबाना’ बोलको गीतको म्युजिक भिडियोमा नायक करण श्रेष्ठ ‘क्रेजी’ले अभिनय गरेका छन् ।
म्युजिक भिडियोमा करण रमिला अधिकारीसँग रोमान्स गर्दै गरेको अवस्थामा छन् । करिब डेढ महिनाअघि फिल्म फेस्टिबल कार्यक्रममा सहभागी हुन अष्ट्रेलिया पुगेका करण केही म्युजिक भिडियो समेत खेल्न भ्याए ।
मनोज अधिकारीले निर्देशन गरेको भिडियो अष्ट्रेलियाका विभिन्न ठाउँमा खिचिएको छ । गीतमा गैरे सुरेशको संगीत र प्रदीप चापागाइँको शब्द रहेका छन् ।
कान्तिपुर टेलिभिजनको ‘डिठ्ठा साब’को पनि करणले अष्ट्रेलियामा केही भाग सुटिङ गरिरहेका छन् । अष्ट्रेलिया निवासी नेपालीहरूले समेत श्रृङ्खलामा काम गरिरहेको करणले बताए ।
‘जवाफ’बाट चलचित्र अभिनय सुरु गरेका कारण नेपाली चलचित्र क्षेत्रका नायक, निर्माता र वितरक समेत हुन् ।

दैनिक नेपाल

No comments:

Post a Comment