युवतीले नदीमा हाम फालिन्, युवकले गरे आत्महत्या - KTV Khabar

Breaking

युवतीले नदीमा हाम फालिन्, युवकले गरे आत्महत्या

;

 

भदौ ७,बैतडी: चमेलीया नदीमा हाम फालेर एक किशोरी बेपत्ता भएकी छिन्। बुधबार बिहान ८ बजेतिर बैतडीको डिलाशैनी गाउँपालिका वडा नं २ कँडै बस्ने १७ बर्षीया सुनिता दमाईले हाम फालेकी हुन्।
घरबाट पसल खोल्न जान्छु भनेर हिडेकी दमाईले नदीमा हाम फालेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। बेपत्ता किशोरी अहिलेसम्म फेला परेकी छैनन्। सुनिताले नदीमा हाम फाल्नुको कारण पनि खुल्न नसकेको प्रहरीले जनाएको छ।
यस्तै सोही गाउँकै २६ बर्षीय प्रेम पार्कीले झुण्डिएर आत्महत्या गरेका छन्। प्रेम घरभन्दा झण्डै दुईसय मिटर पर रहेको आँपको रुखमा झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। अन्नपूर्ण पोष्ट

No comments:

Post a Comment