काठमाडौं, ३ भदौ । नेकपा (एमाले)का नेता एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले उत्तर कोरियाका नेता किम जोंग उनसँग भेटवार्ता गरी परमाणु आक्रमण भन्दा वार्ता र शान्तिमा जोड दिन आग्रह गरेका छन् ।
उत्तर कोरियाको साताव्यापी भ्रमण गरी स्वदेश फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग आज संक्षिप्त कुराकानीमा उनले एसियाली देशका सांसदहरुको सम्मेलनका क्रममा प्यायोङमा किमसँग भेट भएको जानकारी गराए । भेटमा कोलियाली प्रायद्विपमा बढ्दै गएको तनाव अन्त्यका लागि वार्ता र शान्तिको बाटो अपनाउन सुझाव दिएको नेता नेपालले बताए ।
पूर्व प्रधानमन्त्री नेपालले शस्त्र न्यूनीकरणका विषयमा उत्तर कोरिया र संयुक्त राज्य अमेरिकाबीचमा देखिएको तनावलाई कूटनीतिक माध्यमबाट वार्ता गरी समाधान खोज्न सुझाएका हुन् ।
यस्तै, नेता नेपालले बाढी पहिरो प्रभावितलाई राहत तथा विस्थापितलाई आवासको व्यवस्था गर्न सरकारलाई आग्रह गरेका छन् । प्राकृतिक प्रकोपमा ज्यान गुमाएकाप्रति दुःख व्यक्त गर्दै पीडितलाई न्यायोचित ढंगले राहत वितरण गर्नुपर्नेमा जोड दिए ।
No comments:
Post a Comment