स्वेता र दयाहाङको ‘कान्छी’ घोषणा - KTV Khabar

Breaking

स्वेता र दयाहाङको ‘कान्छी’ घोषणा

;

श्रावण ३०, २०७४-

नायिका स्वेता खड्काको निर्माणमा बन्न लागेको चलचित्र ‘कान्छी’को औपचारिक घोषणा गरिएको छ । औपचारिक घोषणासँगै यो चलचित्र भदौ २ गतेबाट फ्लोरमा जाने भएको छ । आकाश अधिकारीले निर्देशनका रुपमा श्वेता र अभिनेता दयाहाङ राईलाई जोडीका रुपमा प्रस्तुत गर्ने छन् । चलचित्रमा यम थापाको पटकथा तथा संवाद रहने छ । चलचित्रमा स्वेता र नायक दयाहाङ साथमा नायिका अनु शाह, भूमिका श्रेष्ठले पनि मुख्य भूमिकामा अभिनय गर्ने छन् ।
मुस्ताङमा करिब ३५ दिन छायांकन हुने यस चलचित्रले विदेश किन जाने भन्ने प्रश्नको उठान गर्ने निर्देशक अधिकारीले बताएका छन् । युवापुस्ताको विदेश पलायनताले गाउँमा मलामी जाने मान्छे समेत नपाईने तितो यथार्थको वरिपरि चलचित्रको कथा घुम्ने निर्देहक अधिकारीको भनाई छ ।
नायिका स्वेता खड्काले आफूले चलचित्र निर्माणमा हात हालेको भन्दै सबैको साथ र सहयोग पाउनेमा विश्वस्त रहेको बताएकी छिन् । पुरुषोत्तम प्रधानको छायांकन रहने चलचित्रमा शम्भुजित बास्कोटा, अर्जुन पोखरेल, राजनराज सिवाकोटीको संगीत, बसन्त श्रेष्ठको नृत्य निर्देशन रहनेछ । माघ २६ गतेबाट चलचित्र रिलिज गरिने निर्देशक अधिकारीले बताए ।

No comments:

Post a Comment