पहिलो सातामा प्रेमगीतको कमाई कति ? - KTV Khabar

Breaking

पहिलो सातामा प्रेमगीतको कमाई कति ?

;

 

श्रावण २०,काठमाडौँ । चलचित्र प्रेमगीत २ यो बर्षकै सर्वाधिक कमाउने चलचित्र बनेको छ । यस चलचित्रले पहिलो सातामा ४ करोड १७ लाख ८२ हजार ३ सय ६२ रुपैयाँ बढी व्यापार गरेको छ। चलचित्रका निर्माताले मोफसलबाट मात्रै ८५ लाख प्राप्त गर्नेछन्।
साथै काठमाडौँबाट मात्र झन्डै १ करोड १३ रुपैयाँ निर्माताले पाउनेछन् । २ करोडमा निमार्ण भएको चलचित्रले लगानी सुरक्षित गरेको छ । चलचित्रले दोस्रो साता पनि राम्रै कमाइ गर्ने अनुमान गरिएको छ ।
किनकि दोस्रो साता बलिउड चलचित्र ‘जब ह्यारी मेट सेजल’को त्यती राम्रो समिक्षा नआएका कारण प्रेमगीतलाई यसले फाइदा पुग्ने छ। रामशरण पाठकले निर्देशन गरेको चलचित्रमा प्रदीप खड्का, सन्तोष सेन र अश्लेषा ठकुरीको मुख्य भूमिका छ । प्रेमकथामा अधारित चलचित्रलाई आशुसेन फिल्मसले निर्माण गरेको हो।

डिसी नेपाल

No comments:

Post a Comment