;
अछाम। अछाममा चितुवाको आक्रमणबाट एक किशोरीको ज्यान गएको छ । घरमा सुतिरहेकी १३ वर्षीया किशोरीलाई गएराति चितुवाले आक्रमण गरेको हो ।
मेल्लेख गाउँपालिका ८ हत्तिकोटको डुग्री गाउका गोपाल भुलकी छोरी पवन भुललाई चितुवाले आक्रमण गरेपछि उनको ज्यान गएको प्रहरी कार्यालय साफेवगरले जानकारी दिएको छ ।
प्रहरीका अनुसार राती आमासंगै ढोका नजिकै सुतेको बेला चितुवाले आक्रमण गरेको हो । घाटीमा समातेर करिव एक सय मिटर पर लगेर घाटी पुरै खाएको अवस्थामा शव भेटिएको हो । आमाले होहल्ला गर्दा चितुवा भागेको प्रहरीले जनाएको छ । गर्मियाममा ढोका खुल्लै राखेर सुतेको बेला उक्त घट्ना भएको हो ।
उनको शव पोष्टमाटमका लागि जिल्ला अस्पताल लगिएको छ । गर्मियाममा ढोका खुल्ला राखेर सुतेको अवस्थामा विगतको समयमा पनि थुप्रैलाई चितुवाले आक्रमण गरेको थियो ।
No comments:
Post a Comment