काठमाडौं र ललितपुर प्रहरी प्रमुख फेरिए, को आए नयाँ ? - KTV Khabar

Breaking

काठमाडौं र ललितपुर प्रहरी प्रमुख फेरिए, को आए नयाँ ?

;

काठमाडौं, ३२ साउन । प्रहरी प्रधान कार्यालयले काठमाडौं र ललितपुरका प्रहरी प्रमुखको सरुवा गरेको छ ।

दुबै जिल्लाका प्रहरी प्रमुख डीआईजीमा बढुवा भएपछि प्रहरी महानिरीक्षक (आईजीपी) प्रकाश अर्यालको निर्देशनमा प्रहरी हेडक्वार्टरले बुधबार काठमाडौं प्रहरी प्रमुख डीआईजी छविलाल जोशी र ललितपुर प्रहरी प्रमुख ठूले राईलाई अपराध अनुसन्धान विभागमा काज सरुवा गरेको छ ।

काठमाडौं र ललितपुरको कमाण्ड एसएसपीले सम्हाल्दै आएको छ । जोशी र राई एसएसपीबाट भर्खरै डीआईजीमा बढुवा भएका थिए । त्यही कारण दुबैलाई पदीय जिम्मेवारी हेरेर सरुवा गरिएको बताइएको छ ।

जोशी ठाउँमा तत्कालका लागि एसएसपी प्रधुम्न कार्की काठमाडौं प्रहरी प्रमुख भएर आएका छन् । त्यस्तै, ललितपुरमा देवबहादुर बोगटीले प्रहरी प्रमुखको जिम्मेवारी पाएका छन् ।

No comments:

Post a Comment