मरिसकेपछि पनि धोका खाइन् यी युवतीले, कल रेकर्डिङमा यस्तो खुलासा - KTV Khabar

Breaking

मरिसकेपछि पनि धोका खाइन् यी युवतीले, कल रेकर्डिङमा यस्तो खुलासा

;

 

जिउँदै हुँदा अनेकौं पटक धोका खाएकी युवतीले मरेपछि पनि सुख पाइनन् । उनका प्रेमीले उनको मृत्युपछि पनि उनलाई उपहारस्वरुप धोका नै दिए । उनलाई आत्महत्याको लागि उक्साएका उनका प्रेमी उनको मृत्युपछि फरार भएका हुन् ।
भारतको उत्तरप्रदेश ललितपुर जिल्लाकी प्रिती नामकी यी युवतीको स्थानीय कप्तान राजा नामका युवकसँग प्रेम थियो । प्रेम झांगिँदै गयो उनीहरु एक अर्कासँग बिहे गर्ने तयारीमा थिए । तर, अचानक यी दुईको सम्बन्ध बिग्रियो । त्यसपछि यी युवतीका परिवारले युवतीको कुलदीप नामका युवकसँग बिहे पक्का गरिदिए ।
अचानक यी दुईबीच फोनमा कुरा भयो त्यसपछि यिनीहरु भेटे । भेटेपछि युवतीले विष पिएर आत्महत्या गरिन् युवक फरार भए । विष पिएकी प्रितीलाई राजाले नै अस्पताल पु¥याएका थिए । अस्पतालमा प्रितीलाई भर्ना गरेपछि राजाले उनका दाजुलाई खबर गरेर फरार भएका हुन् । प्रितीको अस्पतालमै मृत्यु भयो ।
प्रितीको मृत्युपछि प्रहरीले उनीहरुको कल रेकर्डिङ प्राप्त गरेको छ । फोमा राजासँग भएको कुराकानीमा प्रितीले भनेकी छिन् ‘तपाइँले कुलदीपलाई फोन किन गर्नुभयो ? उसलाई हाम्रो बारेमा किन बताउनुभयो ? सबै कुरा भनिदिनुभयो । भोलि यदि उसले मसँग बिहे गर्न अस्वीकार ग¥यो भने सबै दोष तपाइँमाथि आउँछ ।’
जवाफमा राजाले भनेका छन् ‘म केही गर्न सक्दिन । मर्ने भए मर, नमर्ने भए नमर । किनकि केही भन्ने हक अब मसँग बाँकी छैन । मर्ने बेलासम्म मेरो मुखबाट एउटै कुरा निस्किन्छ कि तिमी धोकेबाज हौ । यदि तिमी म¥यो भने पनि म फस्दिन किनकि तिमी मरेको १० मिनेटपछि नै म आफैं आत्महत्या गर्नेछु । साथमा लेखेर छोड्नेछु गर्लफ्रेण्डबिना म बाँच्न सक्दिन त्यसैले आत्महत्या गर्दैछु ।’
यही कुराकानीपछि प्रितीले विष पिएर आत्महत्या गरेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । तर प्रितिसँग उनी मरेको १० मिनेटपछि नै आत्महत्या गर्ने बताएका राजा प्रितीलाई अस्पताल छोडेर फरार भएका छन् । प्रितीका दाजु राजेश कुमारले राजाविरुद्ध किटानी जाहेरी दिएका छन् जसमा राजाले आफ्ना साथीहरुसँग मिलेर प्रितीको हत्या गरेको आरोप लगाइएको छ । घटनाको जाँच भइरहेको प्रहरीले जनाएको छ ।

डिसी नेपाल

No comments:

Post a Comment