बुटवल । बिनिता शाही नाम नै काफी छ । रंगमञ्चको दुनियामा चर्चित नृत्याङ्गना शाही पहिलो पटक तीज गीतमा नाचिन ।
स्टेज कार्यक्रममा सबैभन्दा अब्बल रहँदै आएकी बिनितालाई यो पटक चर्चित उदघोषिका शीतल शर्माले आफ्नो तीजको उपहार नमूना जोडीमा नचाउन सफल भइन । बिनिता पनि शीतलको गीतमा जमेरै नाचेकी छन् । बिनिता बिदेशमा पनि राम्रो डान्सर भनेर कहलिएकी छिन् । राम्रो नाच्ने शाही तेस्रो लिङ्गी हुन् ।
आफू तेस्रो लिङ्गी भएकोमा गर्व गर्ने बिनिताले नेपालीहरुको तीजमा आफू जम्ने दावी गरेकी छिन । तेस्रो लिङ्गी बिनिताले बिगत केही वर्षदेखि स्वदेश र बिदेश स्टेजमा जम्दै आएकी छन् ।
अहिलेसम्म बिनिता कुनै म्युजिक भिडियो खेलिनन् । पहिलो पटक शीतल शर्मा नमूना जोडीमार्फत नै आफूलाई सार्वजनिक गरिन् । पहिलो पटक म्युजिक भिडियो खेल्न पाएकोमा दङ्ग बिनिताले शीतल शर्मा नमूना जोडीलाई नमूना म्युजिक भिडियो बनेको बताइन् ।
यो पटक स्टेज जम्ने तीज गीतमा शीलत शर्माले बजारमा ल्याएको दावी गर्दै सबैलाई शीतलको गीतसँगै तीज मनाउन आग्रह गरिन । सांगीतिक कोशेली पानी जहाजदेखि चर्चामा आएकी गायिका तथा उद्घोक शीतल शर्माले हरितालिका तीजको अवसर पारेर बजारमा तीज कोशेली नमूना जोडी सार्बजनिक गरेकी हुन् ।
म्युजिक भिडियोको निर्देशन छायांकन र सम्पादन बिष्णु भट्टराईले गरेका छन् । आफ्नो जोडीलाई नमूना जोडी बनाउँभन्दै माया र विश्वासका शब्दहरुले भरिएको तीज कोशेली दर्शकमाझ आएको छ । बुटवलकै कलाकार राज केसी, मिनुजÞ राना मगर, शीतल शर्मा र बिनिता शाहीले अभिनय गरेको भिडियोमा मिनुजले नै नृत्य निर्देशकको भूमिका निभाएकी छन् ।

The post तेस्रो लिङ्गी भएकोमा गर्व गर्ने बिनिता छमछम नाचिन् तीज गीतमा appeared first on Daleema News.
No comments:
Post a Comment