भरतपुर, २१ साउन– माओवादी नेतृ रेणु दाहाल भरतपुर महानगरपालिकाको मेयर पदमा निर्वाचित भएकामा उनकी भाई बुहारी सिर्जनाले बधाई तथा शुभकामना दिएकी छन् ।
श्रीमानले अर्की ल्याएपछि परिवारबाहिरै बस्दै आएकी सिर्जनाले रेणु भरतपुरको मेयरमा निर्वाचित भएको आधिकारिक घोषणा नहुँदै सामाजिक सञ्जाल फेसबुकमा भावुक स्टाटस पोस्ट गर्र्दै बधाई दिएकी हुन् । सिर्जना पुष्पकमल दाहाल प्रचण्ड पुत्र प्रकाशकी श्रीमती हुन् । उनीहरुका एक छोरा छन् । औपचारिक रुपमा अझै सम्बन्ध बिच्छेद भएको छैन ।

सिर्जनाले रेणुको जितलाई धेरै समयपछिको खुसी भन्दै तर, भेटेरै बधाई दिने अवस्था नभएकामा भने खिन्नता पोखेकी छन् । सिर्जनाले रेणुलाई ‘पपलको बोटमा उम्रिएको पिपलको बोट’ को संज्ञा दिँदै स्वच्छ, इमानदार र पवित्र व्यक्तित्व रहेको भन्दै प्रशंसा गरेकी छन् । निर्वाचित भएको दिनमा जस्तै पदबाट हटेका दिनसम्म पनि आफ्नो पवित्रता र स्वच्छता जोगाउन उनको सुझाव छ ।
‘धेरै समयपछि मन खुसी छ । कारण, भरतपुर महानगरपालिकाको प्रमुखजस्तो गरिमामाय पदमा रेणु दिदीले जित्नुभएको छ । दिदीसँग गला मिलाएर बधाई दिन मन थियो । तर, दुर्भाग्य । त्यो अवसर मबाट खोसियो । रेणु दिदी ढुंगाको कापमा उम्रिएको पिपलको बोट हो । सधैं अरुलाई शीतल दिनु । खास गरी भरतपुरका मतदाताप्रतिको धर्म नबिर्सनु । मेयर जितेको दिनमा जति पब्त्रि हुनुहुन्छ, पदबाट हटेको दिन पनि तपाईंको स्वच्छता, इमान र पवित्रतामा कसैले चोर औंला ठड्याउन नसकोस् । हार्दिक–हार्दिक बधाई, शुभकामना’, सिर्जनाले लेखेकी छन् ।
-Kathmandu Today

No comments:
Post a Comment