काठमाडौं, १७ साउन । कर छलेको आरोप खेपिरहेका पोर्चुगलका फुटबल खेलाडी क्रिष्टियानो रोनाल्डो स्पेनको एक अदालतमा सोमबार उपस्थित भएका छन्।
त्यहाँ उनले आफ्नो तर्फबाट प्रमाण पेश गर्ने बताइएको छ। अभियोजनकर्ताहरुले सन् २०१० देखि रोनाल्डोले १ करोड ७० लाख डलर कर छलेको दावी गरेका छन् ।
कर छलीका लागि खडा गरिएका विदेशी कम्पनीमा खाता खोली रोनाल्डोले कल छलेको भन्ने आरोप उनका एजेण्टले अस्वीकार गरेका छन्।
दोषी ठहरिए ३ वर्षको जेल सजाय
यो मुद्दामा दोषी ठहर भए पोर्चुगलका यी ३२ वर्षीय फुटबल खेलाडीले २ करोड जरिवाना तिर्नुपर्ने र साढे तीन वर्ष जेल सजाय भोग्नुपर्ने हुनसक्छ ।
रियल मड्रिडका लागि खेल्ने रोनाल्डो विश्वकै सबैभन्दा बढी रकम पाउने खेलाडी भएको बताइन्छ । आफूविरुद्धको आरोप अस्वीकार गर्दै यसअघि उनले आफ्नो “चित्त शुद्ध रहेको” बताएका थिए ।
कर छलेकोमा दोषी ठहर भएका अर्जेन्टिनाका खेलाडी लियोनेल मेसीलाई गत वर्ष २१ महिनाका लागि जेल सजाय सुनाइएको थियो । तर यसै महिनाको शुरुतिर अदालतले जेल सजायको सट्टा उनले २५२,००० युरो तिर्नसक्ने बताएको थियो । – बीबीसी

No comments:
Post a Comment