बहराइन, ६ भदौ । बहराइनमा दुइ नेपाली युवकको निधन भएको छ ।
मोरङ हरैचा नगरपालिका वडा न. १ बिराटचोकका दिपेश इजम लिम्बुको गत अगस्ट १२ तारीख बहराइनको सल्मानिय कम्प्लेक्समा निधन भएको थियो भने ताप्लेजुङ फाकुम्बा गा.बि.स. वाड नम्बर २ , घोरेटार घर भएका प्रदिप वनेम लिम्बुको अगस्ट २१ तारिख बिहान ५ बजे सल्मानिया कम्प्लेक्समा नै निधन भएको छ ।
इजम लिम्बु बहराइनको डेल्मन रेडिमिक्स कम्पनीमा कार्यरत थिए । उनलाई साधारण टाउको दुखेको कारण अस्पताल भर्ना गरिएकोमा अन्तत अगस्ट १२ तारिख उनको निधन भयो । उनको निधन के रोगको कारणले भयो त्यो पुष्टि भैसकेको छैन ।
प्रदिप वनेम बहराइनको सर्कल भन्ने कम्पनीमा कार्यरत थिए । उनको मृत्युको कारण भने अलि फरक प्रकारको छ, खानासंग माछा खादा माछाको काडा अड्किए पछी उनले रगत बान्ता गर्न सुरु गरे । तर त्यो क्रम रोकिएन, अत्यधिक रगत वान्ता गरे पछी उनलाई अस्पताल लागिएको थियो । अस्पताल लगीए पनि उपचारको क्रममा २१ तारिख बिहान ५ बजे उनको निधन भएको थियो ।
देशको अस्थिर राजनीतिक अवस्था र बेरोजगारीका कारण लाखौ युवाहरु बैदेशिक रोजगारीको सिलसिलामा विभिन्न देशमा छरिएर रहेका छन । आफ्नो भविष्य बनाउन विदेश पलायन भएका उनीहरुको विदेशमै ज्यान जादा उनीहरुका आश्रित घरपरिवारमा जत्ति पिडा पर्छ देशलाई पनि ठुलो नोक्सान हुन्छ । सरकारले जव सम्म युवाहरुलाई स्वदेश मै केहि गरि खाने बातावरण सिर्जना गर्दैन तव सम्म यस्ता घटनाहरु दोहोरी नै रहने छन ।
No comments:
Post a Comment