
पछिल्लो सयम जन्मदिनका दिन केक काटेर र मैन वत्ती निभाएर जन्मदिन मनाउने प्रचलन बढेको छ जुन पाश्चात्य जीवनशैली अन्तर्गत पर्छ । हिन्दू धर्म दशर्नका अनुसार जन्मदिनमा यस्ता काम गर्न पर्दछ । यसो गर्न सकिएको खण्डमा धार्मिक रूपमा फाइदा पुग्ने छ ।
१. जसको जन्मदिन मनाउन पर्ने हुन्छ उसले ब्रहामुरत्मा उठेर स्नान गर्नु पर्छ।
२. प्रात: कालको नित्य कर्म गरेर, देव अर्चन- दीप प्रज्ज्वलन, कलस पुजन, हवन आदि गरेर बालक/ बालिकालाइ तिलक (टिका) लगाइदिने।
३. दानको संकल्प- उपहार लिनु भन्दा पनि दान दिनु उत्तम हुन्छ। अत: सामर्थ्य अनुसार दान दिने परम्परा बसाल्ने। यसका लागि बिपन्न वर्गका, अभिभावक नभएका बाल बालिकाहरुको सहायताका लागि चलाइएक बालगृह, छात्राबास आदिमा आवस्यक पर्ने खाद्य सामग्री, कपि, कलम, लुगा आदि दान दिन सकिन्छ। यसले समाजको सेवा पनि हुन्छ जन्मदिन मनाउने बाल बालिकाको हृदयमा आनन्द पनि हुन्छ।
४. वृक्षरोपण- जन्मदिवसमा एक भन्दा अधिक बिरुवा रोपेर वर्सभरि(राम्रो गरि हुर्किए सम्म) त्यसको संरक्षण गर्ने संकल्प लिने।
५. आशिर्वाद – आफूभन्दा ठुलो, मान्यजनबाटलाई आभिवादन गर्दै आशिर्वाद लिने। उनीहरुको सेवा सत्कार गर्ने।
६. अबको एक वर्षमा केही राम्रा गुणहरु, जस्तै – सेवा, सत्य, मिठो बोल्ने, सुद्धता, सभ्य, आचरण जस्ता गुणलाई आफ्नो जीवनमा समाहित गर्ने, त्यसको बानी बसाल्ने संकल्प लिएर त्यसको अभ्यास गर्ने।
No comments:
Post a Comment