आफ्नै श्रीमतीले गरिन यिनको हत्या , २ बच्चाको भयो यस्तोे विचल्ली ! हेर्दै आशु झर्ने हृदयविदारक घटना (भिडियो हेर्नुहोस) - KTV Khabar

Breaking

आफ्नै श्रीमतीले गरिन यिनको हत्या , २ बच्चाको भयो यस्तोे विचल्ली ! हेर्दै आशु झर्ने हृदयविदारक घटना (भिडियो हेर्नुहोस)

;

यी बोलीरहेका व्यक्ति पनौति २ कुशादेवीका सन्त बहादुर तामाङ हुन् । जो अहिले यो संसारमा छैनन् । जीवन भर साथ दिन्छु भन्ने श्रीमतिले नै उनको हत्या गरीन् ।जसलाई प्रहरीले पक्राउ गरेर जेल चलान गरिसकेको छ । हामी उनको घरमा पुग्दा उनी निराश देखिन्थे

श्रीमतिसँग बेलाबखत झगडा हुने गरेको बताउँथे । तर, छिमेकीहरुका अनुसार उनकी श्रीमति मादक पद्धार्थ सेवन गर्दिन र घरमा आएर श्रीमानलाई नै भर्कुथीन् । सायद त्यसैले होला हामी उनको छाप्रोमा पुग्दा कोहि देखिएनन् । मात्र थिए उनको श्रीमतिले सुकुटी बनाउन झुण्डाइएको दुर्गन्धीत मासु ।

सन्त बहादुरले आफ्नो पहिलो सन्तान आठ वर्षको उमेरमा गुमाए । बाँकी रहेका दुई सन्तान पनि कुपोषणका कारण भर्खर तंग्रीँदै थिए । यी बालिका सन्तबहादुरको कान्छी छोरी हुन् । जो आमासँग भन्दा बुवासँग नै झ्यामिने गर्थिन् । सन्तबहादुरको दुरावस्था र उनका बालबालिका कुपोषण भएको सुनेपछि हामी उनको घरमा पुगेका थियौँ ।

त्यहि समयमा सन्त बहादुरले आफ्ना समस्याको पोको हामी समक्ष फुकाएका थिए । भन्थे, ज्याला मजदुरी गरेर चार जनाको परिवार पालिरहेको छु । तर, उनै परिवार पाल्ने सन्त बहादुरलाई उनकै श्रीमतिले केहि साता अघि खुर्पाले हानेर हत्या गरिन् । आफु जेल बसेर यी अवोध सन्तानलाई टुहुरा बनाइन् ।

त्यसको एक हप्ता नबित्दै सोहि परिवारमा अर्को पिडा थपियो । सन्त बाहादुरको मृत्यु पश्चात उनकी आमा कान्छि माया तामाङले संसार छोडिन् । जसले यी सानी बालिकालाई पनि असाध्यै माया गर्थिन् । तर, त्यो मायाको तार पनि चुँडिएपछि यी बालिका र उनको दाई सुरेन्द्र अहिले ठूलो बुवा आइत बहादुरसँग बस्दै आएका छन् ।

८ वर्षका सुरेन्द्र अभावै अभावको घेराबन्दीमा रहे पनि डक्टर बनेर यो पिडा पखाल्ने र बहिनीलाई पढाउने सपना सुनाउँछन् । तर, कसैको दया नभए, बुवाको मृत्यु र आमा जेलमा रहेको अवस्थामा यी दुई टुहुराको सपना कसरी पुरा होला ? उनीहरुको ठूलो बुवा आफैँले आफैसँग प्रश्न गर्दै बसिरहेका छन् ।

No comments:

Post a Comment