एजेन्सी– आफ्नो प्रेमीसँग यौन सम्पर्क गर्नका लागि कन्डम चोरेको अभियोग लागेपछि १९ वर्षीया मुस्लिम युवतीलाई जर्मनीको बर्लिनस्थित दर्मस्टादमो हत्या गरिएको छ ।
लारीब नाम गरेकी ती युवतीले प्रेमीसँग यौन सम्पर्क गर्नका लागि एक पसलबाट कन्डोम चोरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको थियो । पाकिस्तानी मुलका ५१ वर्षीय असादुल्लाह खानले आफ्नी छोरीको यो कार्य देखेर लारीबलाई आफ्नै घरभित्र घाटी थिचेर हत्या गरेको एजेन्सीले जनाएको छ ।
आफूले छोरीको हत्या गरेको स्वीकार गरेपछि प्रहरीले खानलाई पक्राउ गरेको छ । जाँचबुजका क्रममा लारीबकी आमाले आफूले छोरीलाई बचाउन नसकेको बयान दिएकी छिन् । कान्छी छोरी नीदालाई बाबु र आमाले आफन्तको घरमा बस्न पठाएर लारीबलाई हत्या गरेका थिए । लारीबले आफ्ना बाबुको इच्छाविरुद्ध ब्वाईफ्रेन्ड बनाइ सेक्स गर्दै आएको कुरा खुल्न आएको छ । खान परिवारले हाल अदालतमा मुद्दा खेपीरहेको छ ।
No comments:
Post a Comment