
सिड्नी । न्यु साउथ वेल्स सरकारले ‘पोर्न रिभेन्ज’लाई अपराधको श्रेणीमा राखेको छ ।
गत मे मा यससम्बन्धी प्रस्तुत विधेयेक हालै पारित भएसँगै पोर्न रिभेन्जलाई अपराधको श्रेणीमा राखिएको हो ।
के हो पोर्न रिभेन्ज ?
कसैको सहमतिबीना यौन सम्बन्ध या निकटतम फोटो खिच्नु र सार्वजनिक गर्नुलाई पोर्न रिभेन्ज भनिन्छ ।
कुनैपनि दुई व्यक्तीबीच भएको गोप्य तथा यौनिक गतिविधि, संलग्न एक पक्षले अर्को पक्षको सहमतिबीना रेकर्ड गरेर सार्वजनिक गर्नुलाई पोर्न रिभेन्ज भनिन्छ । प्राय युवा समुह यस्तो रिभेन्ज लिने काममा अघि देखिएको छ । पूर्व प्रेमी या प्रेमीकाले बदलाभाव राखेर या कुनैपनि व्यक्तीले गलत नियत राखेर यौनिक गतिविधिका फोटो या भिडियो सहमतिबिनै खिच्ने र सार्वजनिक गर्ने पैचलनले सामाजिक समस्या निम्त्याएको छ ।
यस्तो छ सजाय
न्यू साउथ वेल्स सरकारलेपोर्न रिभेन्जलाई अपराधको श्रेणीमा राखेको छ । यस्तो गतिविधिमा संलग्न व्यक्तीलाई अधिकतम ३ वर्ष जेल सजाय र ११ हजार अष्ट्रेलियन डलर अर्थात करिब ९ लाख नेपाली रुपैयाँ जरिवाना हुनेछ ।
यदि इन्टरनेटमा अपलोड गरिएको अक्त फोटो या भिडियो हटाउन नसकिने अवस्था आएमा पीडकलाई थप २ वर्ष जेल र ५५ सय अर्थात ४ लाख पचास हजार नेपाली रुपैयाँ जरिवाना हुनसक्ने बताइएको छ ।
महान्यायधिवक्ता मार्क स्पिकम्यानले नयाँ कानुनले खराब नियत भएका पूर्व प्रेमी र यौन पिपासुहरुलाई यस्ता गलत काम गर्नबाट दुरुत्साहन गर्ने विश्वास व्यक्त गरे ।
काहालीलाग्दो अवस्था
अष्ट्रेलियामा विशेषत प्रेमी या प्रेमिकाले निकट रहेका बेलामा आफ्नो यौन गतिविधिहरुको फोटो या भिडियो खिच्ने र ब्रेकअप भएपछि अर्को पक्षको सहमतिबीना उक्त फोटो या भिडियो इन्टरनेटमा पोष्ट गर्ने क्रम बढ्को देखिएको छ । यस्ता कृयाकलापले सम्बन्धित व्यक्तीमा तनाव बढ्नुका साथै सामाजिक समस्या पनि निम्त्याइरहेको महान्यायधिवक्ता कार्यलयले जनाएको छ ।
हालै मेलबर्ननस्थित आरएमआईटी विश्वविद्यालयले गरेको अनुशन्धानले हरेक ५ मध्ये १ जना यस्तो घटनाको शिकार भएको देखाएको छ ।
महान्यायधिवक्ता स्पिकम्यानले कसैसँग पनि यस्तै प्रकृतिका घटना भए प्रहरीसमक्ष उजुरी गर्न सबैलाई आग्रह गरेका छन् ।
No comments:
Post a Comment