साउन २६ – प्रलोभनमा परेर भिजिट भिसामा युएई आइ अलपत्र परेका तीन युवा नेपाल फर्किएका छन् । उनीहरुलाई काठमाडौंको ठमेलमा रहेको अर्थलाइन ट्राभल्सले युएई पठाएको थियो ।
अवैधानिक रुपमा बस्दै आएका सिम्ले १ रुकुमका २४ वर्षिय प्रेमप्रकाश केसी, पुरन्धारा ३ दाङका २४ वर्षिय कुलबहादुर केसी र कन्चनपुर २ बाँकेका ३२ वर्षिय लोकबहादुर डाँगी बुधवार नेपाल फर्किएका हुन । तीन लाख ८० हजार रुपैयाँसम्म तिरेर भिजिट भिसामा उनीहरु भिसा सकिएर ‘ओभरस्टे’ भइ बसेका थिए । अवैधानिक हुँदा लोकबहादुर आमाको निधन हुँदा पनि नेपाल फर्कन पाउनु भएको थिएन ।
ओभरस्टे बसे बापतको रकम बुझाउन नसक्दा उनीहरु कालो सूचिमा परेर नेपाल फर्किएका हुन् । अब उनीहरु जीवनभर खाडी मुलुकहरुमा जान पाउने छैनन् ।
उनीहरुलाई चितवनका प्रेम भनिने साजन पाण्डेले जागिर लगाइदिने भन्दै आबुधाबीको मुसाफा ३२ नम्बर क्याम्पमा राखेका थिए । पाण्डे युएईमा बसेर भिजिट भिसा मार्फत मानवतस्करी गर्ने गिरोह मध्ये एक हुन । उनले अहिले पनि दैनिक रुपमा भिजिट भिसामा युवाहरु ल्याइरहेका छन । मुसाफाको ३७ नम्बर र सारजाहमा उनले ल्याएका युवाहरुलाई राखिएको छ ।
साभार :- उमाकान्त पाण्डे/उज्यालो अनलाइन

No comments:
Post a Comment