बाल्यकाल एकपटक पाइन्छ, चिन्तामा बर्बाद नगरः मार्क जुकरबर्गले भर्खरै जन्मेकी छोरीलाई लेखे यस्तो चिठ्ठी - KTV Khabar

Breaking

बाल्यकाल एकपटक पाइन्छ, चिन्तामा बर्बाद नगरः मार्क जुकरबर्गले भर्खरै जन्मेकी छोरीलाई लेखे यस्तो चिठ्ठी

;

एजेन्सी । प्रविधिको दिग्गज फेसबुकका सह–संस्थापक र मुखिया मार्क जुकरबर्ग दोस्रो पटक पिता बनेका छन् । उनको छोरी जन्मिएकी छिन् । जुकरबर्गले यसको जानकारी आफ्नो फेसबुक अकाउन्टमार्फत दिएका छन् । मार्कले आफ्नी छोरीसँगको फोटो पनि फेसबुकमा सार्वजनिक गरेका छन् ।

यसमा उनले छोरीलाई ‘अगस्ट’ नामले बोलाएका छन् । जुकरबर्गकी जेठी छोरीको नाम म्याक्सिमा (म्याक्स) हो । जुकरबर्गले श्रीमती प्रिसिला र आफ्नो तर्फबाट छोरीलाई एउटा चिट्ठी लेखेका छन् जसलाई उनले फेसबुकमा सेयर गरेका छन् ।

डियर अगस्ट,
‘यो संसारमा तिमीलाई स्वागत छ । म र तिम्रो आमा दुबै निकै उत्साहित छौं । जब तिम्रो दिदीको जन्म भएको थियो त्यतिबेला पनि हामीले संसारबारे चिठ्ठी लेखेका थियौं । अब तिम्रो जन्म भएको छ । तिमी एउटा यस्तो संसारमा रहनेछौं जहाँ तिमीले राम्रो शिक्षा पाउनेछौ, कम बिरामी हुनेछौ, बलियो समूदाय र उत्कृष्ट समानता हुनेछ ।’
‘तिम्रो जुन समयमा जन्म भएको छ, त्यहाँ विज्ञान र प्रविधि लगातार प्रगती भइरहेका छन् । यस्तोमा तिमीले अझै राम्रो जीवन बिताउनेछौं र यसमा हाम्रो जिम्मेवारी पनि महत्वपूर्ण हुनेछ । ‘के गलत छ ?’ भन्ने विषयमा मानिसहरुले धेरै ध्यान दिन्छन् भन्ने कुरा मलाई थाहा छ । तर मलाई पूर्ण भरोसा छ कि ‘पोजिटिभ ट्रेन्ड’ ले नै जित हाँसिल गर्नेछ ।’
‘हामी तिम्रो पीढि र भविष्यको विषयमा निकै आशावादी छौं । संसार एक गम्भीर स्थान हो । त्यसकारण तिमीले बाहिर गएर खेल्ने समय निकाल्न आवश्यक छ । तिमी जतिजति ठूलो हुनेछौ त्यति नै व्यस्त हुनेछौ ।’

आशा छ आफ्नो कहानी आफै बनाउनेछौः
चिठ्ठीमा उनी थप्छन्, ‘आशा छ तिमीले फूलको बास्ना महसुस गर्नेछौ र बाल्टीलाई आफूलाई मन लागेको पात जम्मा गर्न सक्नेछौ । दिदी म्याक्ससँगै खेल्नेछौ । आफ्नो कहानी आफै बनाउनेछौ ।’
‘तिमी लिभिङ रुमदेखि यार्डसम्म त्यतिबेलासम्म दौडनेछौ जबसम्म पूर्ण रुपमा थाक्ने छैनौ । तिमी मज्जाले निदाउ भन्ने मेरो चाहना छ । मलाई आशा छ, तिमी सुत्ने कुरामा पोख्त हुनेछौ ।’
‘हामी चाहन्छौं कि तिमी सपनामा पनि हामीले तिमीलाई कति माया गर्छौं भन्ने कुरा महसुस गर । र एक विशेष कुरा… बाल्यकाल निकै जादूमय हुन्छ । मात्र एकपटक पाउछौं त्यसकारण तिमी भविष्यको चिन्तामा यसलाई बर्बाद नगर्नु । तिम्रो भविष्यबारे चिन्ता गर्न हामी छौं ।’
‘तिम्रो पिढीका लागि यो दुनियाँलाई उत्कृष्ट बनाउनका लागि हामी पूर्ण कोसिस गर्नेछौं । अगस्ट, ‘वि लभ यू सो मच’ । हामी यो यात्रामा तिमीसँग हिँड्नका लागि निकै उत्साहित छौं । तिमीले एक उत्कृष्ट जीवन पाउ भन्ने कामना छ ।’
लभ,
मम, ड्याड

 

साभार : रातोपाटी

No comments:

Post a Comment