;
काठमाडौं, ६ भदौ । प्रधामन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको क्रममा नेपाल र भारतबीच आठ समझदारी पत्रमा हस्ताक्षर भएको छ बिहीबार प्रधानमन्त्री देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीको उपस्थितिमा ८ समझदारी पत्रमा हस्ताक्षर भएको हो । नेपाल र भारतबीच पुनर्निर्माणसम्बन्धी ४ वटामा समझदारी भएको छ । समझदारीमा पत्रमा भूकम्पपछिको पुनर्निर्माण लागि भारतले घोषणा गरेको १ विलियन, स्वास्थ्य, शिक्षा र पुरातात्विक सम्पदा पुननिर्माण रहेका छन् । त्यस्तैगरी मोची पुल पुननिर्माण, लागू औषध नियन्त्रण, तापतौल र चार्टर एकान्टेनसम्बन्धी समझदारी पत्रमा पनि हस्ताक्षर भएको छ ।
No comments:
Post a Comment