कोरियामा अनैतिक सम्बन्ध राखेको भन्दै एक नेपाली महिलाद्धारा आफ्नै प्रेमीको हात काटिदिइन, - KTV Khabar

Breaking

कोरियामा अनैतिक सम्बन्ध राखेको भन्दै एक नेपाली महिलाद्धारा आफ्नै प्रेमीको हात काटिदिइन,

;

 

दक्षिण कोरियामा केहि दिन अघि एक नेपाली महिलाले आफ्नै प्रेमीलाई गम्भिर आक्रमण गरेर घाइते तुल्याएकी छिन् । अन्दाजी चालीस वर्षिय नेपाली महिलाले आफुसँगै बस्ने पुरुष साथीलाई अन्य महिलसँग पनि अनैतिक सम्बन्ध राखेको भन्दै बेहोस हुने औषधि सेबन गराई हात काटिदिएको कोरियन सञ्चार माध्यमहरुले जनाएका छन् । यद्यपी महिला साथीबाट गम्भिर घाइते भएका पुरुष कुन मुलुकका हुन् भनेर खुलाइएको छैन । तर ती घाइते कोरियन भएको आशंका गरिएको छ ।
आफुसगै बस्ने पुरुष साथीले अरु महिलासग कुराकानी गर्ने गरेको थाहा पाएपछि ती दुइ जनाबीच झगडा भएको थियो । तर पछि ती महिलाले बेहोस पार्ने औषधी खुवाएर पुरुषको हात काटिदिएको .खांग जिनगी गी हाम्यांग प्रहरी कार्यालय अनुशन्धान बिभाग प्रमुखलाई उद्धृत गर्दै सञ्चार माध्यमहरुले जनाएका छन् । प्रहरीका अनुसार पुरुष सुतेको अवस्थामा फोनमा पठाएको म्यासेज, काकाओटक हेर्ने गरेको, अरु महिलाको फोन आउने भएकोले आपसमा झगडा हुन् सक्ने बताए । पुरुषले सधै खाने गरेको औषधिमा बेहोस हुने औषधी मिसावट गरेर महिलाले अपराध गर्ने योजना बनाएको हुन सक्ने आशंका पनि प्रहरीको छ ।
पुरुष साथीलाई बेहोस पारेर हात काटिदिएपछि अभियुक्त महिलाले प्रहरीको ११९ नम्बरमा कल गरेर घटनाको जानकारी गराएकी थिइन् । मादक पदार्थ सेवन गरेर मातेको अवस्थामा प्रहरीले ती महिलालाई फेला पारेको थियो । प्रहरीले घाइते अवस्थामा रहेका पुरुषलाई एम्बुलेन्स मार्फत अस्पताला पु¥याएको थियो । यद्यपी काटिएको हात भने प्रहरीले ६ घन्टा व्यापक खोजतलास गरी भेटाएर अस्पताल पु¥याएको थियो । अभियुक्त महिलाले हात काटेर भण्डार कक्षमा लुकाएर राखेकी थिइन् । चुँडिएको हात चिकित्सकले शल्यक्रिया गरेर जोडेको छ । अभियुक्त महिला फरार रहेको र प्रहरीले गम्भिर आक्रमणमा संलग्न भएको अभियोगमा पक्राउको लागि आदेश दिन अदालतसँग माग गरेको छ ।

कर्णाली न्यूजको सहयोगमा

No comments:

Post a Comment