कोरियन भाषा परीक्षा पास भएकाहरूले अब स्किल टेष्ट दिनु दिनुनपर्ने भएको छ। यस अघि भाषा परीक्षा पास भएकाहरूले दिएको स्किल टेष्टको आधारमा कामदार छनौट हुनेगरेपनि यस बर्षदेखि यो नियम हटेको ईपिएस कोरिया शाखाले जनाएको छ।
यस अघि स्किल टेष्टमा ब्यक्तिको बारेमा तयार पारिएको छोटो भिडियो कोरियाको रोजगार केन्द्रमा जान्थ्यो र रोजगारदाताले उक्त भिडियो हेरेर कामदारको छनोट गथ्र्याें। तर यसपाली स्किल टेष्टको नियम हटेको हो।
अब यस्तो हुनेछ प्रक्रिया ?
गत साउन १० गते प्रकाशित कोरियन भाषा परिक्षाको परिक्षाफल अनुसार १२ हजार १ सय ८ जना उत्रिण भएका छन। १० हजार २ सय जनामात्र कोरिया जान पाउने भएपनि धेरै जनाको अंक एउटै आएको कारण कामदारको माग भन्दा १ हजार ९ सय ८ जना धेरैको नाम निस्किएको हो।
त्यसैले नाम निस्किएका मध्य १ हजार ९ सय ८ जना फालिने इपिएस कोरिया शाखाका निर्देशक बाबुराम खतिवडाले जानकारी दिए। कोरियन भाषा परिक्षामा ६८ हजार ४ सय ६९ जना सम्मेलित थिए।
इपिएस साखाले अबको १० देखि १५ दिनमा एउटा कार्यतालिका निकाल्दै छ। जसमा स्वास्थ्य परिक्षण गर्ने मिति तय गरिएको हुन्छ। स्वास्थ्य परिक्षणको लागि ४ वटा अस्पताल तोकिने इपिएस कोरिया शाखाका निर्देशक खतिवडाले जानकारी दिए।
स्वास्थ्य परिक्षण तथा रोजगार आवेदन फारमको कार्य २०७४ सालको दिपावली लगत्तै हुने भएकोले वडादशैं र दिपावलीको वीचमा प्रहरी प्रतिवेदन बनाउनु पनेर्छ।
स्वास्थ्य परीक्षण गरेको चौथो दिनमा रोजगार आवेदन फारम भर्नको लागि ईपिएस शाखा कार्यलय जानुपर्नेछ। फारम भरेपछि कामदारको खास्सै काम बाकीँ रहदैन। त्यसपछि फेब्रेवरीको पहिलो–दोस्रो साता देखि लेबर कन्ट्रय्क्ट (सम्बन्धित कम्पनिको दस्तखत भएको पेपर) आउछ र कामदार कोरिया जान सुरु हन्छ।
यस सम्बन्धि थप जानकारीका लागी ईपिएस शाखामा सम्पर्क गर्न सकिनेछ।
कर्णाली न्यूजको सहयोगमा

No comments:
Post a Comment