केटी हेर्न जाँदै थिए, दुर्घटनामा परेर ज्यान गयो - KTV Khabar

Breaking

केटी हेर्न जाँदै थिए, दुर्घटनामा परेर ज्यान गयो

;

सोलुखुम्बु, १७ भदौ– दूधकोशी गाउँपालिका, वाकुका ल्हाक्पा देण्डी शेर्पाको विवाहका लागि केटी हेर्न जाने क्रममा आज जिप दुर्घटनामा परी ओखलढुंगाको खिजिदेम्बा गाउँपालिकामा मृत्यु भएको छ ।

ना १ ज ५६७८ नम्बरको जिपमा सवार २९ वर्षीय शेर्पा केटीको घर नपुग्दै जिप दुर्घटनामा परी मृत्यु भएको आफन्तले बताएका छन् ।

११ जना यात्रु बोकेको जिप सडकबाट तल खस्दा शेर्पाको मृत्यु भएको र अन्य चारजना गम्भीर घाइतेलाई उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौंँ लगिएको ओखलढुंगाका प्रहरी नायब उपरीक्षक अर्जुन तिमल्सिनाले जानकारी दिए ।

No comments:

Post a Comment