ढलमा डुबेर घाइते भएकी सत्यालाई महानगरको एकलाख बीमा सहयोग - KTV Khabar

Breaking

ढलमा डुबेर घाइते भएकी सत्यालाई महानगरको एकलाख बीमा सहयोग

;

काठमाडौं,२२ भदौं– सामाखुशीको ढल पाइपमा खसेर घाइते भएकी सत्या सापकोटालाई काठमाडौं महानगरपालिकाले एक लाखको बीमा रकम गर्ने घोषणा गरेको छ ।

काठमाडौं महानगरपालिकाले सयदिन पूरा भएको अवसरमा राजधानीमा बिहीवार आयोजित कार्यक्रममा महानगरका मेयर विद्यासुन्दर शाक्यले सत्यालाई एक लाख रकम बराबरको रकम सहयोग गरेको घोषणा गरेका हुन् ।

गत असार ३० गते स्कूलबाट फर्किँदै गर्दा उनी सामाखुशीको ढल पाइपमा डुबेर घाइते भएकी थिइन् ।

महानगरले तारकेश्वरमा बाढीमा परी मृत्यु भएकी बिनिता फूँयालको परिवारलाई २५ हजार रकम समेत सहयोग गरेको छ ।

स्रोत : लोकान्तर

No comments:

Post a Comment