डाक्टरका कुराः के तपाईंलाई अल्सर छ ? थाहा पाउनुस् यसका संकेत - KTV Khabar

Breaking

डाक्टरका कुराः के तपाईंलाई अल्सर छ ? थाहा पाउनुस् यसका संकेत

;

एजेन्सी । पाचन प्रणालीसँग जोडिएको अल्सर एक विशेष रोग हो । यसमा आमाशय, खाने नली र सानो आन्द्राको सुरुको भागमा घाउ वा प्वाल पर्ने गर्दछ । साधारणतया धेरै पिरो र मसालेदार खानपानको गलत बानीका कारण जब पेटमा एसिडको मात्रा बढ्ने गर्दछ, तब यो रोग लाग्ने गर्दछ । यसका साथै पेटमा ब्याक्टेरियाको संक्रमणका कारण पनि यो समस्या हुनसक्छ ।

दिल्लीको पुष्पावती सिंघानिया रिसर्च इन्स्टिच्यूटका वरिष्ठ ग्यास्ट्रोलोजिस्ट डा. दिनेश सिंघलले पेटमा अल्सर भएको संकेतबारे जानकारी दिएका छन् ।

थुप्रै प्रकारका हुन्छन् अल्सरः
समस्याको हिसाबले अल्सरका विभिन्न प्रकार हुन्छन् जस्तै पेप्टिक अल्सर हुँदा पेट भित्रको छालामा फोका उठ्ने गर्दछ ।
ग्यास्ट्रिक अल्सर हुँदा खाना खाएपछि पेट दुख्न सुरु हुन्छ तर डाइजिनजस्ता औषधीको सेवनपश्चात् आराम महसुस हुन्छ ।
ड्यूडिनल अल्सरको समस्या हुँदा अबेरसम्म भोको रहँदा पेट दुख्न थाल्छ । खाना खाएपछि भने आराम महसुस हुन्छ ।
इसोफेगर अल्सरमा आहार नलीको माथिल्लो भागमा फोका उठ्ने गर्दछन् वा प्वाल पर्ने गर्दछन् । यस्तो समस्या हुँदा धेरैजसो आहार नलीमा अत्यधिक जलन हुने गर्दछ ।

अल्सरका केही प्रारम्भिक लक्षण यसप्रकार छन्ः
१. पेटमा जलनः
खाना खाएको १ वा दुई घण्टापछि रातीको समयमा पेटको माथिल्लो भाग वा बिचतिर जलन महसुस हुन्छ भने यो अल्सरको संकेत हुनसक्छ ।
२. बान्ताः
पटक–पटक बान्ता हुँदा वा बान्ताको महसुस भइरहनु पनि अलसरको संकेत हुनसक्छ ।
३. पेट फुल्नुः
पेट फुल्ने समस्या धेरैजसो अल्सरको संकेत हुनसक्छ ।
४. छाती पोल्नेः
पेटमा रहेको एसिड माथिल्लो तर्फको फूड पाइपमा आउने गर्दछ । यसले छाती नजिकै तेज जलन महसुस हुन्छ । यो अल्सरको संकेत हुनसक्छ ।
५. पेट घोच्नेः
खाना खाएको १ वा दुई घण्टा पछि रातीको समयमा पेट घोच्ने समस्या छ भने यो अल्सरको संकेत हुनसक्छ ।
६. दिसाको रंगः
लामो समयसम्म गहिरो र कालो रंगको दिसा भइरहेको छ भने त्यसलाई नजरअन्दाज नगर्नुहोस् । यस्तो अल्सरमा हुने रक्तश्रावका कारण हुनसक्छ ।
७. बान्तामा रगतः
बान्ता हुँदा हल्का रगत आउनु अल्सरको संकेत हुनसक्छ ।
८. तौल घट्नुः
खाना वा दैनिकीमा परिवर्तन नगरी अचानक तौल कम हुन थाल्यो भने यो अल्सरको संकेत हुनसक्छ ।
९. पेट दुख्नेः
धेरैजसो पेट दुखिरहनु वा केही खाएपछि पेटमा तीब्र पीडा सुरु हुनु अल्सरको संकेत हुनसक्छ ।
१०. चाँडै भोक लाग्नुः
बिना कारण पटक–पटक भोक लाग्नु अल्सरको संकेत हुनसक्छ । रातोपाटीबाट

No comments:

Post a Comment